इजरायलमा नेपाल मगर शाखा इजरायलको आयोजनामा माघ्या सकाराटी पर्व भब्य रुपले मनाए।

अन्य

माघ २ फिष्टेल न्यूज तेल अभिव ,इजरायलमा माघ्या सकाराटी (मिनाम ल्हेस ५०१७) भब्य रुपले मनाए।नेपाल मगर संघ शाखा इजरायलले आयोजना गरेको सो कार्यक्रम संघका अध्यक्ष सुर्य बहादुर राना मगरको सभापतित्वमा र नेफिन इजरायलका अध्यक्ष कुमार आङ्ग देम्बेको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।त्यसै गरि कार्यक्रम मा इजरायलमा स्थापित जातिय ,धार्मिक ,राजनैतिकका अध्यक्ष / प्रतिनिधिहरुको उपस्थिति रहेका थिए।जनवरी १२ शुक्रबार साँझ ""भेषभुषा, भाषा,लिपि,धर्म ,संस्कार,संस्कृतीको संरक्षण एवंम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता ""भन्ने मुल नाराका साथ सम्पन्न भएको माघ्या सकराटी साँस्कृतिक साँझ कार्यक्रममा सम्पूर्ण अतिथिहरु लगायत उपस्थित मगर समुदायमा माघे सक्रान्ति (माघ्या सकराटी )को शुभकामना तथा धन्यवाद नेपाल मगर संघ शाखा इजरायलक़ी सचिव माया आले मगरले दिनु भएको थियो ।प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष कुमार आङ्ग देम्बे ,बिशेष अतिथि नेपाली जनसम्पर्क समितिका अध्यक्ष कटक श्रेष्ठले शुभकामना दिनु भएको थियो । ज्ञात अज्ञात शहिदहरु ,पुर्व सल्लाहकार स्वर्गीय नन्द राना मगर ,सदस्य स्व प्रिय मगर तथा हमास कट्टर पन्थी आतंककारी समुहकोले हत्या गरेका ' लर्निङ्ग एण्ड आर्निंग' कार्यक्रम अन्तर्गत इजरायलमा आएका ११ जना नेपाली बिद्यार्थीहरु प्रति एक मिनेट मौनधारण पनि गरिएको थियो ।कार्यक्रममा मगरहरुको खानाका परिकारहरु राखिनुका साथै स्थानीय कलाकारहरु द्वारा मगर पहिचान झल्काउने विभिन्न नृत्यहरु , गीतहरु र विभिन्न मनोरंजनका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।मगर समुदायको पहिचान बोकेको राष्ट्रिय पर्व माघ्या सकराटिको बारेमा निर्माण गरिएको परिचायात्माक भिडियो प्रस्तुत गरिएको थियो,भने मगर ढुट भाषामा निर्माण गरिएको थ्री डी एनिमेशन कार्टुन कार्यक्रमको बिशेष आकर्षक भएको थियो।यसबाट मगर जातीको लोप हुना लागेको भाषा अब आउने पुस्ताम्मा हस्तान्तरण गर्न (सिकाउन ) ठुलो भूमिका निभाउने छ।कार्यक्रमको अन्त्यमा कार्यक्रम सभापति तथा नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष सुर्य बहादुर राना मगरले सम्पूर्ण देश विदेश रहनु हुने सम्पूर्ण मगर तथा नेपालीहरुमा शुभकामना दिनु हुँदै ,अक्टुबर ७ मा हमासले हत्या गरेका नेपाली बिद्यार्थीहरु प्रति श्रदान्जली तथा घाइतेहरुको शीग्र स्वास्थ्यको कामना गर्नु भएको थियो।साथै ३ महिना भन्दा पनि धेरै समय देखि हमासको कब्जामा रहेको बिपिन जोशीको रिहाई को यथाशिग्र बेबस्था गर्न सरकार संग अनुरोध गर्नु भएको थियो।साथै कार्यक्रम सफल बनाउनु हुने सबै लाई धन्यवाद दिनु हुँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।माघ्या सकराटि कार्यक्रमका संयोजक संघका प्रथम उपाध्यक्ष बिबश आले मगर तथा कार्यक्रम संचालन महासचिव चित्र जुग्जाली मगरले गर्नु भएको थियो।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...