युएस -बंगला बिमान दुर्घटनामा मर्नेको संख्या बढ्दै ,अहिले सम्म मर्नेको संख्या ४० |

अन्य

युएस -बंगला बिमान दुर्घटनामा मर्नेको संख्या बढ्दै ,अहिले सम्म मर्नेको संख्या ४० |

मार्च १२ काठमाडौँ :-यूएस-बांग्ला एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परी केही व्यक्ति हताहत भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

६७ यात्रु र चालक दलका ४ सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्।

उनका अनुसार दुर्घटनास्थलबाट ३१ वटा शव निकालिएको र नौ जनाको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...