तमु प्ये ल्हु संघ कतारको चौथो वार्षिकोत्सब तथा दोश्रो अधिबेशन सम्पन्न |

विदेश

तमु प्ये ल्हु संघ कतारको चौथो वार्षिकोत्सब तथा दोश्रो अधिबेशन सम्पन्न |
असोज १४ रन्जित क्रोम्छें तमु, दोहा- कतार :-“प्ये महस्या छया म्हमु , छया महस्या ल्हु म्हमु , ल्हु महस्या म्हि म्हमु” अर्थत शस्त्रा हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ भन्ने उक्तिलाई मनन गरेर तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा प्रबास शाखा कतारको रुपमा गठन भएको तमु प्ये ल्हु संघ कतार शाखा स्थपनाको चौथो बर्षको अबसरमा संघले "चौथो बार्षिकोत्सब तथा दोश्रो अधिबेशन कार्यक्रम २०१८" सभ्यताको साथ २८ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दोहाको ताजा रेस्टुरेन्टको सभा हलमा सु सम्पन्न गरिएको छ । तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष संग्राम प्हच्यु तमुको सभापतित्व, गैरआबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, मानर्थ समिति सदस्य श्री नरेन्द्र भाट ज्युको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा संघको पच्यु खेगी गुरु जिबन ल्हेंगे तमु ज्यु तथा क्ल्हेप्री खेगी गुरु नबिन टु क्ल्हेप्री तमु ज्यु, NRNA-ICC कै मानर्थ समिति सदस्य बिल ब. तमु, NRNA-ICC सदस्य बिमल सुबेदी, NRNA-NCC कतारको प्रतिनिधि, दोहामा स्थापित विभिन्न जातीय, सामाजिक, जिल्ला र वैचारिक संघ सस्थाका प्रतिनिधीहरुको विशेष आतित्थ्य र अतिथित्य रहेको थियो । राष्ट्रिय गान संगै तमु राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात संघको प्रमुख सल्लाहकार अमर ल्हेंगे तमुले स्वागत मन्तब्य राखी उपस्थित सम्पूर्ण लाई स्वागत गर्नु भएको थियो । सभापती, प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरुको हस्तबहाली बाट ब्यानर अनावरण गरी दियो प्रज्ज्वलन गरेर कार्यक्रमको औपचारिकता खुल्ला गर्नु भएको थियो । संघको खेगी गुरुहरु, पच्यु गुरु, सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरुलाई तमु परम्परा अनुसार फेटा लगाएर सम्मान गरिए पश्चात दुवै जना खेगी गुरु ले आशिमाला /शुभकामना /आशिष मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा तमु पोशाक लगाएर उपस्थित हुनु हुने दाजु-भाई दिदी-बहिनीहरु तथा सम्पूर्णले उभिएर प्ये ल्हु संघ स्वागत गितको सम्मान गर्नु भएको थियो भने संघको का.बा. सचिब रन्जित क्रोम्छें तमुबाट संघको बार्षिक प्रतिबेदन बाचन गरि सम्पूर्णलाई जानकारी गराउनु भएको थियो । संघको कलाकारहरुबाट रमाइलो सांस्कृतिक नृत्यको प्रस्तुती सगै अतिथी तथा बिशेष अतिथि ज्युहरु तमु (गुरुङ) समाज कतारको अध्यक्ष भाईकाजी तमु , बरिस्ट पत्रकार तिलविक्रम थेबे, दोहामा स्थापित सम्पूर्ण जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै लमजुङ सेवा समाज कतारको अध्यक्ष बिष्णु लाल श्रेष्ठ, सम्पूर्ण मातृ संस्था (जातीय) संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल प्रबासी आदिबासी जनजाती महासंघको उपाध्यक्ष लिलम चिदी मगर, दोहामा संगठित नेपालको विभाजन गरिएको ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै प्रदेश न. ३ को अध्यक्ष समिर खत्री, NRNA-NCC कतारको प्रतिनिधि महासचिब बुधबल तमु, NRNA-ICC सदस्य बिमल सुबेदी, NRNA-ICC मानर्थ समिति सदस्य बिल ब. तमु र कार्यक्रमको प्रमुख अतिथि NRNA-ICC मानर्थ समिति सदस्य नरेन्द्र भाटहरुले आ आफ्नो तर्फबाट ब्यक्तिगत तथा सस्थागत रुपमा भाबी नव निर्बाचित पदाधिकारी ज्युहरुलाई शुभकामना दिनु हुँदै आफ्नो मनत्ब्य राख्नु भएको थियो । कार्यक्रम प्रती खुलेर प्रसंशा गर्नु हुँदै अबका दिनहरुमा संघलाई अझै बिस्तारित गरि सबै सामु एउटा् सहकार्य र सुमुधुर सम्बन्धमा रहि अग्रसरता भइ अघि बढ्दै आफ्नो मौलिकता पहिचान र एतिहासिक सम्पदाहरुको बिकास र प्रबर्धनमा लाग्दै जानू होला भन्ने सुझाब साथै दुईसालको कार्यसफल्ता को निम्ति बधाई दिनु हुँदै मिठो सुझात्मक मनतब्य राख्नु भएको थियो । संघको यसै चौथो बार्षिकोत्सब कार्यक्रमको बेला संस्थाबाट एक सालको कार्याबधिमा संघको हरेक क्रियाकलाप हरुमा आफ्नो सकृयता भुमिका निभाई संघलाई दिनु भएको अतुलनीय योगदानको कदर गर्दै सक्रिय सदस्यहरु, सबिता लम् तमुस्यो, हुमा देवी लम् तमुस्यो र बिमला लामा तीन जनालाई कार्यक्रमको सभापति संग्राम प्हच्यु तमुले क्रमु ओडाई प्रमुख अतिथि बाट सम्मान पत्र हस्तान्तरण गरी सक्रिय सदस्यको रुपमा सम्मान गरिएको थियो । साथै कार्यक्रममा आमन्त्रित विभिन्न जातीय, सामाजिक, जिल्लागत तथा बैचारिक संघ संस्थाहरुबाट महत्त्वपूर्ण सहयोग पुर्याउनु भएकोमा उक्त अतुलनिय योगदानको उच्च मुल्यांकन गर्दै, आगमी दिनहरुमा पनि संस्थाले चालेको कार्य योजनामा यस्तै साथ र सहयोगको सहकार्य हातहरु आउने छ भन्ने शुभेच्छा राख्दै संघको यो “चौथो वार्षिकोत्सब -२०१८” को अबसरमा स-धन्यवाद सहित कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई मनोरञ्जन पनि दिलाउनको निम्ति कलाकारहरु, सोनीका लम् तमुस्यो, भिम तमु, बिमला क्रोम्छें तमुस्यो, सन्तोष प्ल्हे तमु र अन्य कलाकारहरु बेजोड नृत्य रहेको थियो । कार्यक्रमको सभापती संघको अध्यक्षबाट उद्घाटन सत्रको सम्बोधन गर्दै, आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि ज्युहरु र संघको कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समितिको सदस्यहरु, विभागीय संयोजक, सहसंयोजकहरु, सम्पूर्ण केन्द्रीय समितिको पदाधिकारीहरु, नबआगन्तुक, शुभचिन्तक र सदस्यहरुको उल्लेखनीय उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै यो सद्भाव र सहयोग सदा रहिरहोस् भन्ने शुभेच्छाका साथ चौथो बार्षिकोत्सब २०१८ कार्यक्रम समापन गर्नु भएको थियो ।   तमु प्ये ल्हु संघ कतारका शाखाको उद्धाघाटन सत्र सकिय लगत्तै दोस्रो बन्द शत्र कार्यक्रममा संस्थापक निबर्तमान प्रमुख सल्लाहाकार श्री चन्द्र प्रकाश ल्हेगे तमु ज्युको सम्योजकत्वमा गठित ३ जनाको (सदस्यहरुमा संघको बर्तमान प्रमुख सल्लाहकार श्री अमर ल्हेगे तमु, र सल्लाहकार सदस्य आश बहादुर योज्मे तमु नया कार्यसमिति चयन टोलीको आशनग्रहण संगै सुरु भएको थियो थियो l १९ सेप्टेम्बर २०१४ मा गठित तमु प्ये ल्हु संघ कतार शाखाको दुइ बर्षको दोश्रो कार्यकालको पूर्ण आर्थिक प्रतिबेदन संघको कोषाध्यक्ष श्री रबिन्द्र प्ल्हे तमु ज्यु बाट प्रस्तुत भएको थियो । यस आर्थिक प्रतिबेदन माथि छलफल गरि सर्बसहमतिले पारित गरियो । नया कार्यसमितिको लागि बन्द सत्रको निर्णयक मण्डलका समिती द्वारा सर्बसहमतीबाट अध्यक्ष पदमा श्री रबिन्द्र प्ल्हे तमुज्यु लाई मनोनित गरिएको थियो । साथै तपशिल पदमा सर्बसहमति बाट मनोनित हुनु भएको नव गठित मूल कार्यसमितिका पदाधिकारी ज्युहरुलाई नया कार्यसमिति चयन समितिले सफथ ग्रहण गराउनु भएको थियो । तमु प्ये ल्हु संघ कतार शाखाको तेश्रो कार्यकालको निम्ति निम्न नव गठित पदाधिकारीहरु यस प्रकार रहेको छ ।

१. अध्यक्ष – रबिन्द्र प्ल्हे तमु (लमजुङ) २. प्रथम उपाध्यक्ष – चन्द्र ल्हेंगे तमु (नवलपरासी) ३. दितिय उपाध्यक्ष – ईशा प्हच्यु तमुस्यो (स्याङ्जा) ४. तृतीय उपाध्यक्ष – शान्त फेवाली प्हच्यु तमु (लमजुङ हाल चितवन) ५. सचिब - रन्जित क्रोम्छे तमु (ताप्लेजुङ) ६. कोषाध्यक्ष – केशु ल्हेंगे तमु (कास्की) ७. सह सचिब – देव च्हम्रु तमु (तनहुँ) ८. सह कोषाध्यक्ष – हुमा देवी लम् तमुस्यो (कास्की) ९. प्रचार प्रसार सचिब – पूर्ण कोह्ला तमु (गोरखा) १०. कार्यसमिति सदस्य – सारा लेम तमुस्यो (सुनसरी – धरान) ११. कार्यसमिति सदस्य – श्रीमती सबिता ल्हेंगे तमुस्यो (कास्की) १२. कार्यसमिति सदस्य – श्रीमती सबिता लम् तमुस्यो (काठमाण्डौ) १३. कार्यसमिति सदस्य – श्री राम ल्हेंगे तमु (कास्की) १४. कार्यसमिति सदस्य – श्री आउत प्हच्यु तमु (लमजुङ) १५. कार्यसमिति सदस्य – श्री सोम प्र्हू तमु (गोरखा) १६. कार्यसमिति सदस्य – श्री राजेश टु क्ल्हेप्री तमु (लमजुङ) १७. कार्यसमिति सदस्य – श्री शिबराज च्हाक्ली तमु (स्याङ्गजा) १८. कार्यसमिति सदस्य – श्री फलेन्द्र थिज्मे तमु (लमजुङ) १९. कार्यसमिति सदस्य – श्री छेत्र ब. थिम्जे तमु (कास्की) २०. कार्यसमिति सदस्य – श्री हस्त ल्हेंगे तमु (कास्की) २१. कार्यसमिति सदस्य – श्री टक ब. भुच्चा तमु – सन्जु (तनहुँ) २२. कार्यसमिति सदस्य – श्री प्रितम ल्हेंगे तमु (तनहुँ) २३. कार्यसमिति सदस्य – श्री श्याम थिम्जे तमु (कास्की)

बाकी थप सदस्य, विभागीय प्रमुख तथा सल्लाहकार समितिहरु संघको तेश्रो कार्यकालको पहिलो मासिक बैठकले सर्बसहमतिमा निर्णय पारित गरी गठन गर्नेछ । पच्यु खेगी चिबा र क्ल्हेप्री खेगी चिबा बाट पनि नया कार्यसमितिलाई कार्यसफलताको बिशेष आशिमाला दिनुभएको थियो । अध्यक्ष श्री संग्राम प्हच्यु तमु ज्युले आफ्नो नेतृत्वमा तमु प्ये ल्हु संघ कतार शाखा कार्यसमितिको समाप्त भई नब गठित कार्यसमिति लाई बिशेष धन्यबाद तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाको कार्यभार पूर्ण रुपले नब निर्बाचित अध्यक्ष श्री रबिन्द्र प्ल्हे तमु ज्युलाई हस्तान्तरण गर्नु भएको थियो । अन्त्यमा, आजको चौथो वार्षिकोत्सब तथा दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्युहरू र सदस्य ज्युहरूलाई अगामी सफल कार्यकाल (तमु प्ये ल्हु संघको संरक्षण र सम्बर्द्धन) को लागी आफ्नो तन मन र वचनले सदैब लागि पर्नु पर्ने भन्दै सम्पूर्णमा हार्दिक धन्यबाद दिदै कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम का.बा. सचिब रन्जित क्रोम्छें तमु ले संचालन गर्नु भएको थियो । photo:-purna gurung

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...