नेपालगंजमा एक पुरुष कोरोना संक्रमित भेटियो ।

स्वास्थ्य

नेपालगंजमा एक पुरुष कोरोना संक्रमित भेटियो ।
मे १ नेपालगन्ज:-नेपालगञ्जकामा कोरोना संक्रमण पुष्टि भएपछि ४ स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका एक जना पुरुष नेपालगन्ज उप महानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार नमूना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो र उनी भेरी अस्पतालमा रहेका छन् । डा देवकोटाका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितलाई ल्याउँदै गरिएको छ । कोरोना भाइरस संक्रमित भेटिएको चर्चापछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएकोछ । प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएकोछ । कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...