नेपाल पुलिसका ईमान्दार तथा स्वच्छ छवि भएका अधिकृत रमेश खरेलले राजिनामा दिए |

अन्य

नेपाल पुलिसका ईमान्दार तथा स्वच्छ छवि भएका अधिकृत रमेश खरेलले राजिनामा दिए |
अप्रिल ११ काठमाडौं :- नेपाल प्रहरीका अधिकृत रमेश खरेल जागिरे अवधि बाँकी छँदै सेवाबाट बाहिरिएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) खरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो ।   खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । ३० बर्षे सेवा अवधि पूरा हुन अझै एक बर्ष बाँकी रहेपनि आफ्नो सहब्याची आईजिपी भएपछि जागिरे जिवन त्यागेका हुन् । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए । साभार :-एवेरेस्ट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...