मनाङ्ग ”ख ”बाट निर्बाचित प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनांगे )ले सपथ लिए |

राजनीति

मनाङ्ग ”ख ”बाट निर्बाचित प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनांगे )ले सपथ लिए |
माघ १४ पोखरा :-गण्डकी प्रदेश मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्। सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको थियो। समितिको बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसको भोलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...