मलेयसियामा एक नेपालीले अर्को नेपालीलाई ३ तलाबाट फालेर हत्या गरे |

अपराध    विदेश

डिसेम्बर ६ मलेयसिया:- मलेसियामा फेरि एक नेपालीले अर्को नेपालि को हत्या गरेका छन । मलेसियाको कजाङ अाचे स्थित NSG नाम को पञ्जा कम्पनि मा कार्यरत सप्तरी जिल्ला निवासि राजकुमार यादब को हत्या भएको छ ।डिसेम्बर १ को दिन  बेलुका करिव साढे अाठ बजेको बेलामा अाफ्नै कम्पनि मा कार्यरत गङ्गाराम चौधरिले लेनदेनको बिषयमा सामान्य विवाद हुँदा राज कुमार यादव को कोठामा पसि राजकुमार यादब लाई तीन तलामाथिको कौसि बाट फ्याकि हत्या गरेको भिडियो सार्बजनिक भएको छ । राजकुमार यादबको करिब १५०००/ रुपैया गङ्गाराम चौधरिले चलाएको र उक्त पैसा माग्ने क्रम मा वाद बिवाद भएर गङ्गाराम चौधरिले मृतक राज कुमार यादव लाई तीन तला माथि बाट फ्याकि तल भुईमा बजारिनु पुगे जसका कारण राजकुमार यादब को मृत्यु हुन पुग्यो |हत्या गरि सके पछि गङ्गाराम मोबाईल स्विज अफ गरि फरार थियो । भोलि पल्ट बेलुका जब मोबाईल स्विज खोले तुरुन्त प्रहरीको फन्दामा परे । अहिले उनी प्रहरीको खोरमा छन ।मलेसिया मुस्लिम राष्ट्र भएको जहाँ खुनी को बदला खुन लिन सक्ने सम्मको कानुनि प्राबधान छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...