मजदुर नेताको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप ,१२ जना गिरफ्तार |

राजनीति

मजदुर नेताको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप ,१२ जना गिरफ्तार |
मे ९ काठमाडौं:-नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको संवाद डबलीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको हो । पत्रकार सम्मेलन सकिनै लाग्दा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल. बी. बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद सिरपाइली, शिव परियार र नितु शाहलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत्त सिंहदरबार राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...