फेसबुकमा सु-साइड नोट लेखेर आत्मा हत्या गरे रेडियो पत्रकार गोविन्दले |
अपराधमार्च १० काठमाडौँ :- फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन ।शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै बोहराले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए ।शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बाहिरिएका बोहराले साँझ ८ वजे तिर बोहराले आत्महत्या गर्न लागेको मोबाइलमा म्यासेज आएको संगै कोठामा बस्ने साथी प्रताप ओलीले बताएका छन ।बोहराका श्रीमती र २ वर्षीय छोरा छन् ।
फेसबुकको वालमामा लेखिएको बोहोराको नोट: