धादिङ्गमा चरेश सहित पक्राउ ।

अपराध

धादिङ्गमा चरेश सहित पक्राउ ।

फेब्रअरी ४ काठमाडौँ :-लागूऔषधको ओसार पसार हुने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी निरीक्षकको टोलीले धादिङ्ग गजुरी गा.पा.वडा नं. ५ स्थित पृथ्वी लोकमार्गको पोखरे खोला नजिकै प्रहरी टोली देख्नासाथ भाग्न खोज्ने शंकास्पद समूहको २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जानकारी पाए अनुसार जिल्ला धादिङ्ग, गजुरी गा.पा.वडा नं. १ गजुरी बजारमा चेकप्वाईन्ट राखी सवारी साधनको चेकजाच गर्दा गल्छी तर्फबाट आएको ना. ३ ख ४३२४ नं.को ट्रकको गियर बक्स र चालक बस्ने सिट माथी फल्स बटम बनाई राखिएको अवस्थामा १६८ किलो ९०० ग्राम अवैध लागूऔषध चरेश सहित चालक पक्राउ गरिएको छ ।

27657694_1864219120318144_543660763483116408_n

साथै, उक्त ट्रकको पछाडि शंकास्पद तरिकाले आएका २ वटा मोटरसाईकलको २ जना चालकहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ,उनीहरु ट्रकमा भएको लागूऔषध लुट्ने उद्देश्यले पछ्याउँदै आएकोले बुझिएकोले निजहरू दुवै जनालाई पनि नियन्त्रणमा लिइएको छ । ट्रक चालक र नियन्त्रणमा लिइएका अन्य चारै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...