भारतीय कश्मिरमा आतंककारी हमलामा ४० जना सुरक्षाकर्मीको ज्यान गयो ।

विदेश

भारतीय कश्मिरमा  आतंककारी हमलामा ४० जना सुरक्षाकर्मीको ज्यान गयो ।
फागुन २ नयाँदिल्ली — भारतिय कश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी विद्राहीहरूले  गरेको आक्रमणमा कम्तीमा ४० सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्षित गरी आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार विद्रोहीहरूले गाडीमा राखिएको विस्फोटक पदार्थ रिमोट कन्ट्रोलमार्फत विस्फोट गराएका हुन्। आक्रमणमा परी दर्जनौं अर्धसैनिक बलका सदस्य घाइते छन्। खानले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको बताए। आक्रमणको आतंककारी समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको छ। समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘वाकास कमान्डो भनिने आदिल अहमदले आक्रमण गराएको’ उल्लेख गरेका छन्। भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो ठूलो आक्रमण हो। भारतको कश्मीरमा करिब ५ लाख सैनिक कार्यरत छन्। जसका कारण सीमाक्षेत्र सधैंजसो तनावग्रस्त रहने गरेको छ। साभार :-एन डी टी भी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...