पृथ्वी नजिक देखापर्‍यो अर्को छुद्र ग्रह

रोचक जानकारी

पृथ्वी नजिक देखापर्‍यो अर्को छुद्र ग्रह
वासिंगटन (एजेन्सी) । यो हप्ताको सुरुवाटमा २० देखि ४० मिटर फराकिलो एक छुद्रग्रह २०११ ईएस४ पृथ्वीको नजिकबाट प्रस्थान गर्ने खगोलशास्त्रीहरुले बताएका छन् । सेप्टेम्बर १ मा यो छुद्रग्रह पृथ्वीबाट मात्र १ लाख २० हजार किलोमिटर दुरीमा हुनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको बीचमा पर्छ । छुद्रग्रहले लिने यो दुरी अत्यन्त कम हो र यो पृथ्वीसँग ठोक्किने सम्भावना नभएको नासाका वैज्ञानिकहरुले बताए । यो छुद्रग्रह सन् २०११ मा पत्तालगाएको थियो र त्यतिबेला ४ दिनका लागि मात्र देखिएको थियो । यसले आफनो कक्षमा एक चक्कर पुरा गर्न १ दशमलव १४ बर्ष लगाउँछ । पृथ्वीसँग यसको कक्ष मात्र ९ बर्षमा एक पटक नजिक पर्न जान्छ । त्यसपछि यसले फेरी धरै फरक कक्ष लिन्छ र यसबाट पृथ्वीको कुनै पनि कृतिम उपग्रहलाई खतरा नभएको बताइएको छ । केहि दिन अघि मात्रै अमेरिकी राष्ट्रपति चुनाव भन्दा एक दिन पहिला अर्थात नोभेम्बर २ मा छुद्रग्रह २०१८ वीपी १ पृथ्वीसँग ठोक्किन सक्ने आंशका चर्चामा आएको थियो । उक्त छुद्रग्रह पृथ्वीसँग ठोक्केन सम्भावना सुन्य दशमलव ४१ प्रतिशत रहेको छ । यद्यपी यसको आकार अत्यन्त सानो भएकोले नोक्सानको कुनै खतरा नभएको नासाले जनाएको छ । यो छुद्रग्रह सानो गाडी जत्रो आकारको मात्र रहेको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...