युकेका माइला–कान्छाले एकैदिन २१५ विपन्न परिवारलाई राहत वितरण ।

स्थानीय

युकेका माइला–कान्छाले एकैदिन २१५ विपन्न परिवारलाई राहत वितरण ।
मे २९ हुम तमु / पोखरा:-कोभिड १९ कोरोना भाईरसको महामारीले विश्व ठप्प छ।महामारीका कारण नेपाल लकडाउन भएको आज ६५ औं दिन बित्यो।लामो लकडाउनले दिनदिनै समस्याको भारी थपिदैछ।महामारीका कारण भविष्यमा ठुलै असर पर्ने प्रष्ट छ।भविष्य सोच्दै गरौंला महामारीका कारण अहिले यत्ति सोचौं कि बाचौं र बचाऔं। हुनेले समस्यामा परेकालाई जे छ त्यसैले खुला हृदयले सहयोग गरौं। यही अभियानका साथ युकेलाई कर्म थलो बनाउनु भएकी दुई सामाजिक अभियन्ता दिदिबहिनी पार्वती गुरुङ(माइला) र माया गुरुङ(कान्छा)ले माइला–कान्छा राहत वितरण अभियानलाई तिव्रता दिइरहनु भएको छ। लकडाउनले कर्मथलो फर्कन नपाउनुभएकी अभियन्ताहरुको दैनिकी राहत वितरणमा बितेको छ। कोरोनाको संक्रमण नेपालमा पनि तिब्र बनिरहदा सजगता अपनाउदै उहाँहरुले गरिब, विपन्न, असहायहरुलाई १५ किलो चामल, दाल र तेल राहत प्रदान गर्दै चुलो निभ्न रोक्नुभएको छ। भोको जनताले सरकार खोजीरहेकाछन्, समस्यामा सरकार भेट्न नसकेका कष्टकर जीवन विताइरहेकाहरुका लागि माइला–कान्छा राहत वितरण अभियानले हातमुख जोर्ने असल अभिभावक बनेको छ। राहत वितरण अभियान अन्र्तगत आज बिहान पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउ मितेरी टोल(सिताराम प्लटि∙)मा पोखरा १७, १० र १५ का असहाय, विपन्न ११५ परिवारलाई राहत वितरण गरिएको थियो। माइला–कान्छा मात्रै होइन आजको अभियानमा लकडाउनले युके फर्कन नपाउनुभएकी र यस अभियानका सहयोगीहरु धर्मपति गुरुङ र धनु घलेको उपस्थिती रहेको थियो। समस्यामा रहेकाहरुलाई आफै राहत वितरण गर्दै माइला–कान्छा राहत वितरण अभियान शुरु गर्नुभएकी पार्वती–माया गुरुङलाई आफन्त, साथी संगी, युकेमा कार्यरत रहनु भएकाहरुको सहयोग, विभिन्न संघ संस्थाले पनि साथ दिएको राहत वितरण कार्यक्रममा अभियन्ता पार्वती गुरुङले बताउनुभयो।उहाँले भन्नुभयो, राहत त सरकारले दिनुपर्ने हो, राज्यको दायित्व हो र सरकारको कदममा सामाजिक अभियन्ताहरुले सहयोग गर्नुपर्नेमा आफुहरुले सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं, सरकारले के गर्यो उतै सोध्नु होला। विपन्नहरुलाई न राहत दिन्छ, न त सहयोगीहरुलाई राहत वितरण गर्न दिन्छ, कस्तो सरकार हो भनि उहाँको प्रश्न पनि थियो। वडा नंं १७ मा राहत धेरै नै वितरण गर्ने कार्यक्रम रहे पनि स्थानिय जनप्रतिनीधि र प्रसासनको भुमिका कारण आफुहरुले वडा नं.१५ मा बोलाएर १७ का विपन्नहरुलाई पनि राहत वितरण गर्नुपरेको दुखेसो गर्नुभयो। वातावरण बनाइदिनुस, समस्यामा परेका सबैको चुल्हो हामी निभ्न दिदैनौं, राहत वितरण गरिरहन्छौं उहाँको भनाई थियो। मितेरी टोलमा ११५ जनालाई १ लाख ३६ हजार ५ सय बराबरको राहत वितरण गरिएको अभियन्ता माया गुरुङले बताउनुभयो। सबै बाच्नु पर्दछ, भोकले कोही छटपटिनु नपरोस, चुलो बलिरहनुपर्दछ भनेर नै अभियान संचालन गरेको अभियन्ता माया गुरुङ(कान्छा)ले बताउनुभयो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१५ का समाजसेवी टोपबहादुर थापाले मानवीय सेवाका लागि माइला–कान्छा राहत वितरण अभियान उदाहरणीय भएको र आफ्नो वडाका समस्या रहेकाहरुले पनि राहत पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। मितेरी टोल विकास संस्थाकी अध्यक्ष मनमाया गुरुङले आफ्नो टोलमा विपन्न वर्गलाई माइला–कान्छाले राहत वितरण गरेकोमा धन्यवाद दिनुहुदै जसलाई राहतको जरुरी थियो उनीहरुले राहत पाएको बताउनुभयो। उक्त राहत वितरणका लागि घान्द्रुक गाँउ भई युके योर्क निवासी श्रीमान कृष्ण र श्रीमती निर्मला गुरुङले ४३ हजार ५ सय, दमदमे गाउ भई लण्डन उलवीच निवासी मोन बाहादुर र धर्मवति गुरुङले १० हजार, विजयपुर डिगाँउबाट लण्डन आबिउडमा कार्यरत प्रितम बाहदुर र पार्वती गुरुङले १० हजार, भुम्दी गाउभई लण्डन उलवीच निवासी यमप्रसाद र दिपा गुरुङले ५ हजार, पर्वत दुर्लुङ गाँउभई युके फान्ब्रो निवासी पु्र्ण बाहदुर र मुक्तिनाथ गुरुङले १० हजार, पर्वत चित्रेबाट युके लण्डनमा कार्यरत थामबहादुर र पार्वती गुरुङले १० हजार सहयोग गर्नुभएको अभियन्ता पार्वती गुरुङ माइलाले जानकारी दिनुभयो। यसरी नै हेभन्लीपाथ युकेकातर्फबाट पनि विपन्न वर्गलाई राहत वितरणका लागि सघाएको छ। उहाँहरु हुनुहुन्छ, युके क्याम्बर्ली निवासी गौबहादुर गुरुङ ७ हजार २५० रुपैया, लालमाया गुरुङ क्याम्बर्ली ७ हजार २५०, क्याम्बर्ली निवासी नरेन्द्र राई ३ हजार ६२५, क्याम्बर्ली निवासी हिरादेवी, देव गुरुङ ३ हजार ६२५,फान्ब्रो निवासी अमित र बिना थापा ३ हजार ६२५,फान्ब्रोकै ओम बुढाथोकी ३ हजार ६२५,ननिटनका श्रीमान श्रीमति सालिक टोपीला पुन ३ हजार ६२५, ननिटन निवासी नै जमुना गुरुङले ३ हजार ६२५,प्लमस्टीड निवासी श्रीमान श्रीमति सबित÷पु्र्ण र छोरीहरु आश्मा, गृष्मा,निस्माले १० हजार ७५० रुपैया सहयोग गरेको र माईला–कान्छाका तर्फबाट १ हजार रुपैया सहयोग रहेको अभियन्ता माइलाले बताउनुभयो। कष्ट, समस्यामा रहेकाहरुलाई सहयोग गर्न आव्हान गर्दै माइला–कान्छा राहत वितरण अभियानले आज नै पोखरा ९ नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा १०० परिवारलाई राहत वितरण गरेको छ। उक्त स्थानमा हिजो राहत वितरण गरेता पनि समस्यामा रहेको धेरैले दुखेसो गरे पछि उनीहरुलाई राहत वितरण गरिएको अभियन्ता माया गुरुङ कान्छाले जानकारी दिनुभयो। राहत प्राप्त गरेका असहाय, मजदुर, विपन्न पोखरेली दाजुभाई दिदिवहिनीले अभियन्ता माइला–कान्छासहित सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै दुखमा साथ दिनेहरु नै भगवान भएको बताएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...