युएईमा हृदयघातका कारण एक नेपालीको मृत्यु ।

विदेश

युएईमा हृदयघातका कारण एक नेपालीको मृत्यु ।
एप्रिल २७ मनु कोंमे तमु युएई :-वैदेशिक रोजगारीको लागि ९ वर्ष देखि युएईमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी-३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरे। उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ। पराजुलीका श्रीमती र २ छोरा रहेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...