युएईमा कोरोना संक्रमित १४ हजार नाघ्यो नेपाली राजदुताबासले विवरण संकलन फारम भर्नेको संख्या ९,५२८ पुग्यो ।

विदेश

युएईमा कोरोना संक्रमित १४ हजार नाघ्यो नेपाली राजदुताबासले विवरण संकलन फारम भर्नेको संख्या ९,५२८ पुग्यो ।
मे ३ मनु कोंमे तमु युएई :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २६,००० नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा ०३ मे २०२० आइतबार कोरोना भाइरसको - ५६४ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या - १४,१६३ जना पुगेको छ । त्यसैगरी युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् - ९९ जना पुर्णरुपमा निको भएका छन। युएईमा उपचार पश्चात् हाल सम्म संक्रमित भएका - २,७६३ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कति नेपाली संक्रमित भएका छ्न र कति जनाको मृत्यु भयो नेपाल राजदुतावास युएईले कुनै आधिकारिक जानकारी गराएका छैन। कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भएका थप - ७ जनाको मृत्यु भएको छ । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित थिए ।जसको परिणाम स्वरुप जटिलताका कारण मृत्यु भएको हो। हाल सम्म युएईमा कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या - १२६ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालय जनाएको छ। युएई सरकारले कोभिड -१९ कोरोना भाइरस लाई रोक्नको लागी लगाइएको प्रतिबन्धहरु बिस्तारै कम गर्दै लगेको छ। विभिन्न सावधानीहरु अपनाइ दुबई मेट्रो अहिले चलि रहेको छ भने मल, रेष्टुरेन्ट र पसलहरु खुलेका छ्न।अधिक जनसंख्या रहेको देरा दुबईको गोल्ड समेत खुलेको छ।अबुधाबी स्वास्थ्य सेवा कम्पनी (सेहा) ले काममा फर्केका कुनै पनि कर्मचारी संक्रमित नभएको सुनिश्चित पक्का गर्न कोभिड ड्राइभ थ्रु केन्द्रहरु संचालन गरेको छ। त्यस्तै युएईमा कोभिड - १९ को लागी ब्रेक थ्रु उपचार बिस्तारित गरेको छ।अबुधाबीमा स्टेम सेल उपचारका क्लिनिकल परिक्षण गरिरहेको छ। युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनता लाई स्वास्थ्यकार्मी संग सहाकर्य गर्न र सबै सुरक्षा उपायहरु,बिशेष गरि सामाजिक दुरि प्रोटोकलहरुको पालन गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ ।

नेपाल राजदुतावास युएईले खुला गरिएको नेपाली नागरिकहरुको विवरण संकलन फाराम भर्नेहरुको संख्या ९,५२८ पुग्यो ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रकोपबाट युएईमा बसोबास गरिरहेका नेपालीहरुले सामना गर्नु परेको असहज परिस्थितिमा आवश्यक सहयोग एवं समन्वय गर्ने कार्यमा राजदूतावास युएईले निरन्तर प्रयत्नशील रहेको छ । यस महामारीबाट युएईमा रहेका नेपालीहरु कोरोना भाइरस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि नेपाली राजदूतावास युएईले नेपाल सरकार र युएई सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय एवं सहजीकरण लगायतका कार्यहरू गर्दै आइरहेको छ । कोभिड -१९ कोरोना भाइरसको महामारी परिस्थितिमा विभिन्न माध्यमबाट राजदूतावासमा टिपाएको समस्याहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गरी समस्या समाधानका लागि राजदूतावासले आवश्यक पहल गर्दै आएको र अझ यस कार्यलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सम्पादन गर्ने उद्देश्यले युएइमा रहेका नेपाली नागरिकहरूको वैयक्तिक विवरण संकलन गर्न राजदूतावासको आधिकारिक वेभसाइट (ae.nepalembassy.gov.np) वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिङ्कमा उपलब्ध फाराम भरि पेश गर्न नेपाल राजदुतावास युएईले अनुरोध गरेको थियो । उक्त विवरण फाराम संकलन अनुसार नेपाल राजदूतावास युएईले २८ अप्रिल २०२० मा खुला गरिएको नेपाली नागरिकहरूको विवरण संकलन फाराम (Registration Form) भर्नेहरूको संख्या हाल सम्म ९,५२८ जना पुगेको छ। फाराम भरिएका नेपाल फर्कन चाहनेहरूको हकमा नेपाल सरकारले कुनै निर्णय गरेमा नेपाल दूतावासको पेज मार्फत फाराम लिङ्कमा नै जानकारी गराउने नेपाल दूतावास युएईले जानकारी गराएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...