युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५६३, संक्रमित संख्या ३२,५३२ र ३ जनाको मृत्यु ।

विदेश

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५६३, संक्रमित संख्या ३२,५३२ र ३ जनाको मृत्यु ।
मे २८ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २८ तारिख बिहिवार ५६३ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि भएका संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३२,५३२ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ३१४ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १६,६८५ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ३ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २५८ जना पुगेको छ भने हाल संक्रमित बिरामी १५,५८९ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। त्यसैगरी दुबईको सडक ,सार्वजनिक ठाउँहरू ,मल , रेष्टुरेन्टहरु,सिनेमाघर र जिम व्यवसायका लागि खुल्दा सामान्य अवस्थामा पुगेको छ। यसरी देशभरि आर्थिक गतिविधिलाई पुनः सुरु गर्नु भनेको राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पुर्‍याउनु हो, तर सावधानी अपनाउने उपायहरू सबैले पालना गर्नु पर्ने छ। स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सबै नागरिकलाई र बासिन्दाहरूलाई अझै पनि भाइरसको फैलावट कम गर्न र आफ्नो सुरक्षाको लागि सम्भव सबै उपायहरू गर्न आवश्यक छ, जस्तै अनुहारको मास्क लगाउने, हात धुने, र नागरिकहरु लाई स्वास्थ्य अधिकारीहरु संग सहकार्य गर्न र स्वास्थ्य निर्देशन र सामाजिक दूरी प्रोटोकल पालना गर्न सबैको सुरक्षा सुनिश्चित गर्न अपील गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...