युएईमा २५६३ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउदै।

विदेश

युएईमा २५६३ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउदै।
मे ५ मान सिङ गुरुङ (मानु कोन्मे) , युएई :- दुबईमा यहीँ मिति २०१९ मे ३ तारिख शुक्रबारका दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएईका अध्यक्ष पासाङ रिन्जी शेर्पा ज्यूको अध्यक्षतामा बसेको बैठकले नेपाल आदिबासी जनजाति महासंघ यूएई र आबद्ध ११ जातीय संस्थाहरू तमु समाज युएई,तामाङ समाज युएई,नेपाल मगर संघ शाखा युएई,किराँत राई यायोक्खा शाखा युएई,किराँत याक्थुङ चिम्लुङ युएई,नेवा पुच: युएई,शेर्पा किदुग युएई,थारु कल्याणकरिणी सभा युएई,प्रवासी माझी समाज युएई,प्रवासी भुजेल सेवा समिति युएई,सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबार २०१९ मा मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमलाई भब्य र सभ्यका साथ सम्पन्न गर्नको लागी आदिवासी जनजाति महासंघ (नेफिन) यूएईका महासचिब सनिल घिसिङको संयोजकत्वमा बिभिन्न समितिहरू गठन गरेको छ । कार्यक्रमको पहिलो चरणमा (औपचारिक) लामा गुरूबाट पुजा पाठ, बुद्ध दर्शनका बारेमा मन्तव्यहरू र बृत्तचित्रहरू प्रस्तुत गरिने भएको छ भने कार्यक्रमको दोस्रो भागमा नेपाल आदिबासी जनजाति कलाकार महासंघ यूएईका कलाकारहरू र जातीय संस्थाहरूले भगवान गौतम बुद्धसंग सम्बन्धित भजन, गीत तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सफल पार्नको लागि आर्थिक संयोजकमा - सुरेन्द्र थिङ,सदस्यहरू: (नेफिन कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा जातीय संस्थाका कोषाध्यक्षहरू), प्रचारप्रसार/मिडिया - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएई,कलाकार/संस्कृति - जनजाति कलाकार संघ यूएई (प्रत्येक जातिय संस्थाहरूबाट उत्कृष्ट २ वटा प्रस्तुतिहरू राख्ने, सांस्कृतिक झाँकी नराख्ने),आबुधाबी र अन्य शहरहरूबाट आउने दर्शकहरूको लागि यातायातको ब्यबस्था गर्ने , स्वंयम सेवक - किराया यूएई,यातायात ब्यबस्थापन - निमा शेर्पा, प्रायोजक ब्यबस्था - पासाङ शेर्पा र जातिय संस्थाहरू, कार्यक्रम संचालक - कुमार बलामी (औपचारिक), बिजय लक्ष्मी राई (अनौपचारिक) लाई जिम्मेवारी दिएको छ।कार्यक्रम कार्लटन टावर होटल, देरा दुबई युएईमा हुने भएको छ भने कार्यक्रम शुरु दिनको २ बजे बाट हुने भएको छ। उक्त कार्यक्रमको लागि प्रचारप्रसार तथा मिडिया सहयोगी संस्थाको रूपमा फोनिज यूएईलाई जिम्मेवारी दिने निर्णय भएको छ भने २५६३ औं बुद्ध जयन्ती कार्यक्रमको ब्यापकता बढाउन र श्रोताहरू सम्म सूचनाहरू पुर्‍याईदिनको लागि फोनिज यूएईले समाचारहरू प्रकाशित गरी सहयोग गरि दिन बिनम्र अनुरोध समेत गरेको छ । कार्यक्रमको थप जानकारीको लागि कार्यक्रम संयोजक सनिल घिसिङ लाई सम्पर्क गर्न अनुरोध गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...