युएईमा २५६३ औं बुद्ध जयन्ती भब्य रुपले मनाए।

विदेश

युएईमा २५६३ औं बुद्ध जयन्ती भब्य रुपले  मनाए।
जुन १५ सम्बत्दाता मान सिङ गुरुङ /युएई :- नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका आबद्ध ११ जातिय संघ संस्थाहरु तमु समाज युएई,नेपाल मगर संघ शाखा युएई ,तामाङ समाज युएई , किरात राई यायोक्खा युएई, किरात याक्थुङ चुम्लुङ युएई,नेवा पुच:युएई,शेर्पा किदुग युएई,थारु कल्याणकारी सभा युएई,प्रवासी भुजेल समाज सेवा समिति युएई,प्रवासी नेपाली माझी समाज युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा कलर्टन टावर होटल देरा दुबई युएईमा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा , नेपाल आदिबासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष डेर राज तमुको प्रमुख अतिथ्यमा , एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा,हामी नेपाली एशोसियसन युएईका अध्यक्ष डा.दिनेश आचार्य,नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुबेदी,नमस्ते ट्राभल एण्ड टुरिजम युएईका अध्यक्ष एकेन्द्र थापा,नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ,नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक समिति सदस्य एवं भुपु अध्यक्ष पि एस निगलेखु,नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक समिति सदस्य एवं भुपु अध्यक्ष गिरमान गाहा मगरको बिशेष अतिथ्यमा,नेपाल पत्रकार महासंघ युएईका का.वा.अध्यक्ष लक्ष्मण खनाल,,तमु समाज युएईका संरक्षक राजु गुरुङ ,तमु समाज युएईका अध्यक्ष उषा गुरुङ , नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक थापा मगर,किरात राई यायोक्खा युएईका अध्यक्ष चन्द्रकला राइ,किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष राजु कुरुम्बाङ,नेवा पुच:युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ,शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा,थारु कल्याणकारी सभाका अध्यक्ष रुपेश चौधरी,प्रवासी भुजेल सेवा समाज युएईका अध्यक्ष सुर्य भुजेल,सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,प्रवासी माझी समाज युएईका का.वा.अध्यक्ष जोगमेहर माझी,   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङ,नेपाल आदिवासी जनजाति कलाकार संघ युएईका अध्यक्ष भुवन थापा मगर,तमु प्ये ल्हु संघ युएईका भुपु अध्यक्ष एवं वरिष्ठ सल्लाहकार मुक्ति गुरुङ,जन सम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत,प्रवासी मञ्च युएईका अध्यक्ष श्याम कंडेल,नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बिक,नेफेसो युएईका अध्यक्ष बाबुराम लोप्चान,तामाङ समाज युएईका भुपु सल्लाहकार बिमल तामाङ,बिश्व सहयोग संगठन युएईका अध्यक्ष गोबिन्द ढकाल,काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल वाइवा लामा,त्रिशुली समाज युएईका अध्यक्ष सम्पर फ्युवा तामाङ,गोरखा सेवा समाज युएईका का.वा.अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ,इनास युएईका अध्यक्ष राम लामा,सर्लाही सेवा समाज युएई अध्यक्ष फलेन्द्र बलम्पाकी मगर,मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन मगर,लिल फङ घले समाज युएईका अध्यक्ष नर बहादुर घले,खोटाङ समाज युएईका अध्यक्ष हिमाल गुरुङ,कल्याणकारी वचत तथा ॠण सहकारी संस्था युएईका अध्यक्ष जितेन्द्र तामाङ,नासा लाइभ नेपाली लोकदोहोरी रेस्टुरेन्ट युएईका संचालक बिनोद खड्का,नेपाली गोल्ड एण्ड ज्वयलर्स युएईका संचालक प्रबिन स्याङ्वा,पत्रकार बिनोद श्रेष्ठ,प्रायोजक हिमाल रेमिट,प्रायोजक युएई एक्सचेन्ज लगायत विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , जिल्लागत संघ संस्था , राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम निर्धारित समय भन्दा केही समय ढिलो शुरू भएको थियो भने कार्यक्रम लामा गुरुहरु द्धारा बौद्ध पुजापाठ तथा धार्मिक प्रवचनको साथमा दिप प्रज्वालन गरेर उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको शुभकामना मन्तव्य क्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण राज्यले विभिन्न बहानामा आदिबासी जनजातिहरुको प्राप्त भइसकेको अधिकारहरु समेत कटौती गर्दै गरेकोमा राज्यको गम्भीर ध्यानकर्षन गराएका छन । नेवार समुदायको अस्तित्व संग जोडेको गुठी माथिको हस्तक्षेप, लोकसेवा विज्ञानपनमा संविधानको मर्म विपरीत समानुपातिक समाबेशिता नभएको प्रति पुर्व अध्यक्ष डेरराज तमुले आक्रोश व्यक्त गरे । त्यसैगरि नेपाल समाज युएईका अध्यक्ष सिपि सापकोटाले व्यबाहारिक रुपमा बुद्धको अनुयायी जस्तो नभएमा बुद्धको जन्म जयन्ती मनाउनुको अर्थ नहुने, त्यसैले बुद्धको मार्गदर्शनमा हिड्न र युएईको कानुनलाई मध्यनजर गरेर पछिल्लो चरण देखेको विकृति बारे सचेत हुन उपस्थित सबैमा आह्वन समेत गरेका थिए भने तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले बुद्ध दर्शन र त्यसको औचित्य बारे प्रष्ट्याएका थिए । अनौपचारिक कार्यक्रममामा आदिबासी जनजाति महासंघ मातहतका जातिय संघ संस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाजका कलाकारहरुले आफ्नो जातिय पहिचान झल्किने विभिन्न प्रस्तुतिहरु समेत प्रदर्शन गरेका थिए । उक्त कार्यक्रम सञ्चालन औपचारिक तर्फ कुमार बलामी र विजय लक्ष्मी राईले गरेका थिए भने अनौपचारिक तर्फ केशवराज महतो र सांगी डोल्मा गुरुङले सञ्चालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...