युएईको दुबईबाट १४८ जना यात्रु लिएर नेपाल एयरलाइन्सको पहिलो उडान काठमाण्डौ उड्यो ।

विदेश

युएईको दुबईबाट १४८ जना यात्रु लिएर नेपाल एयरलाइन्सको पहिलो उडान काठमाण्डौ उड्यो ।
जुन १९ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएकाे काेभिड -१९ कोरोना भाइरसका कारण लकडाउनमा परी संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा आएका र रोजगारी गुमाइ समस्य, बिचल्ली, अलपत्र र अप्ठ्यारोमा परेका नेपाली नागरिक नेपाल सरकार र, नेपाली दूतावास यूएईकाे बिशेष पहलमा नेपाल एयरलायन्सको आर ए २२९२ नम्बरको न्यारोबोडी विमानले आज बिहान ०५:१० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट पहिलाे उडान भरेको छ। विमान उडान तालिका अनुसार ०१:२५ बजे उड्नु पर्नेमा ४ घण्टा ढिला गरि उडेको थियो । उक्त चाटर्ड विमानले १ सय ४८ जना नेपाली नागरिक र १ जना नेपालीको शव बोकेर उडेको छ। आज नेपाल वायुसेवा निगमको विमानमा फर्किएका सबै नेपाल राजदुतावास युएईले प्राथमिकताका आधारमा राखिएका नेपाल फर्कनेहरु हुन । विमानमा १०१ जना महिला र ४७ जना पुरुष रहेका छ्न । फर्किनेहरुमा १०१ महिला मध्ये ९४ जना गर्भवती महिला , २० गर्भवती महिलाहरुका श्रीमान,९ जना दिर्घरोगी ,३ ज्येष्ठ नागरिक ,१ जना प्यारालाइसिस भएका,१० जना कामदार भिसा अवधी सकि अलपत्र परेका र अन्य ११ जना गरि जम्मा १ सय ४८ रहेको थियो भने विमानमा १ जना गत चैत्र २८ गते युएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्वु यल्मोको शव पनि नेपाल पठाएको नेपाल दूतावास युएईका श्रम-काउन्सिलर निर्मला थापाले जानकारी गराएकी छिन। नेपाल फर्किएका नेपाली नागरिकहरु सबैले सरकारले तोकेको ३ सय ६० डलर अर्थात नेपाली रुपैया झण्डै ४० हजार हवाई भाडा तिरेर हवाइ टिकट लिएका थिए। युएई बाट नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स,फ्लाइ दुबई र एयर अरेबियाले उडान भर्ने अनुमति पाएका छ्न । युएई बाट पहिलो चरणमा नेपाल एयरलाइन्सले २ उडान,हिमालयन एयरलाइन्स,फ्लाइ दुबई र एयर अरेबियाले ३/३ उडान भर्ने नेपाल राजदुतावास युएईले जनाएको छ। युएई बाट अर्को उडान नेपाल एयरलाइन्सको असार ७ गते अर्थात् जुन २१ तारिख आइतबार युएईको समय अनुसार बिहानको ११ बजे रहेको नेपाल एयरलाइन्सका युएई हेर्ने आधिकारिक एजेन्सी एण्टका सजु पौलले जनाएको छ भने नेपाल राजदुतावास युएईले नेपाल फर्किन चाहने नेपाली नागरिकहरुको नाम सम्बन्धित एयरलाइन्समा पठाएपछि एयरलाइन्सले त्यसैको आधारमा नेपाल फर्किने व्यक्तिहरु लाई उडान हुने मिति समय र टिकट काटने स्थानको बारेमा जानकारी गराउने नेपाल एयरलाइन्सका देश प्रबन्धक टिकाराम पङ्गेनीले जनाएको छ। त्यसैगरी नेपाल एयरलाइन्सको उडान आर ए २२९२ नम्बरको उडान बाट नेपाल फर्किने यात्रुहरुको कोभिड-१९ परिक्षण दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क गरिएको थियो भने नेपाल जाने नेपाली नागरिकहरु लाई बिदाइ गर्नको लागी एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला,एनआरएनए युएईका उपाध्यक्ष,क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा,एनआरएनए युएईका कोषाध्यक्ष बिकास शाही, एनआरएनए युएईका महिला संयोजक शोभा शर्मा, नेपाल एशोसियशनका बोर्डमेम्बर कल्पना राई र नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल विमानस्थल पुगेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...