युएईको दुबई विमानस्थलबाट ४ सय ५२ जना नेपाली नागरिक काठमाण्डौ नेपाल प्रस्थान ।

विदेश

युएईको दुबई विमानस्थलबाट ४ सय ५२ जना नेपाली नागरिक काठमाण्डौ नेपाल प्रस्थान ।
जुन २१ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा समस्यामा परेका नेपाली नागरिकहरु आज युएईको स्थानीय समय अनुसार बिहानको ११:१० बजे नेपाल एयरलाइन्सको उडान नम्बर आर ए - २२९२ को उडान बाट २ सय ६२ जना र बिहान ०८:०० बजे फ्लाइ दुबईको उडान बाट १ सय ८९ गरि जम्मा ४ सय ५२ जना नेपाली नागरिक नेपाल फर्किएका छन्। आज नेपाल फर्कने नागरिकहरुमा नेपाल दूतावासको प्राथमिकतामा परेका गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमेका, युएईमा रोजगारी गुमेका तथा लामो समय देखी रोजगारी गुमाइ नेपाल फर्किने पर्खाइमा रहेका फ्याल्कस म्यानेजमेन्ट कम्पनीका १ सय १२ जना र इमिरेट्स क्यावका १५ जना पीडित नेपाली नागरिक पनि रहेका छन्। नेपाल फर्किने सबै नेपाली नागरिकहरुको कोरोना भाइरसको परिक्षण दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क परीक्षण गरिएको थियो भने नेपाल फर्किने नेपाली नागरिक मध्ये ४ जनाको कागजी प्रक्रिया नमिलेका कारण नेपाल फर्कन पाएनन। त्यसैगरी नेपाल फर्किने नेपाली नागरिकहरु लाई सहजीकरण र बिदाइको लागि नेपाल राजदुतावास अबुधाबी युएईका तृतीय सचिव नारायण ज्ञावली,जनसम्पर्क अधिकृत पिआर ओ रज्जी,बिष्णु प्रसाद पौडेल, एनआरएन मध्ये पुर्व उप-संयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा, एनआरएनए युएईका कोषाध्यक्ष बिकास शाही दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लकडाउनमा परी रोजगारी गुमाएका र विभिन्न समस्यामा परि युएई बाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरु चाटर्ड उडान मार्फत नेपाल फर्काउने क्रम जारी रहेको छ भने आज जुन २१ तारिख अर्थात असार ७ गते आइतबार मात्रै ३ वटा उडान मार्फत ६ सय ३ जना नेपाली नागरिकहरू नेपाल फर्किएका छन।आज बिहान हिमालय एयरलाइन्सले बिहान ०४:२० बजे अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल बाट १ सय ५१ जना , ०८:०० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट फ्लाइ दुबईको विमानले १ सय ८९ जना र बिहान ११:१० बजे नेपाल एयरलाइन्सको विमानले २ सय ६३ जना सहित जम्मा ६ सय ३ जना काठमाडौँ नेपालको लागी चाटर्ड उडान भरेको छ । त्यसैगरी यसअघि जुन १९ तारिख शुक्रबार अर्थात असार ५ गते दुबई बाट नेपाल एयरलाइन्सको उडान मार्फत १ सय ४८ जना र जुन २० तारीख शनिबार अर्थात असार ६ गते एयर अरेबियाको उडान मार्फत शारजाह विमानस्थल बाट १ सय ६८ जना सहित जम्मा ३ सय १६ जना नेपालीहरू नेपाल फर्की सकेको छन भने गत जुन ०५ तारिख एयर अरेबियाको उडान मार्फत शारजाह विमानस्थल बाट नेपाल फर्केका १ सय ६७ जना सहित आज सम्म १,०८७ जना नेपाली नागरिक नेपाल फर्की सकेका छ्न। उक्त चाटर्ड उडान तालिका अनुसार जुन २२,२३,२४ र २५ अर्थात् असार ८, ९, १०, ११ गते पनि विभिन्न एयरलाइन्सको चाटर्ड उडानहरू मार्फत नेपाली नागरिकहरू स्वदेश फिर्ती जारी रहने र अझै पछि पनि निरन्तरता दिंदै जाने नेपाल राजदुतावास युएईले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...