युएईबाट स्वदेश फर्किने नेपाली नागरिकसंग बढी मुल्यमा टिकट बिक्री गरेको पाइएमा कार्वाही हुने।

विदेश

युएईबाट स्वदेश फर्किने नेपाली नागरिकसंग  बढी मुल्यमा टिकट बिक्री गरेको पाइएमा कार्वाही हुने।
जुलाई १६ मनु कोंमे तमु /युएई :-नेपाली राजदुतावास युएईले बुधबार सूचना जारी गर्दै दूतावासले चार्टर्ड उडानको टिकट किनबेचको क्रममा तोकिएको हवाई भाडादर भन्दा धेरै रकम लिएर टिकट किनबेच भएको भन्ने गुनासो दूतावासलाई प्राप्त भएको र त्यस बारे राजदुतावास युएईको ध्यानाकर्षण भएको जनाएको छ। कोभिड–१९ कोरोना भाइरसका कारण बिश्वब्यापी रुपमा महामारी फैलिएको संक्रमणका कारण बाट उत्पन्न असहज परिस्थितिमा समस्यमा परी युएई बाट स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरु लाई स्वदेश फर्काउन नेपाली राजदुतावास युएईले सहजीकरण गरि रहेको छ। कोरोना भाइरस लकडाउनको कारण समस्यामा परी बिभिन्न एयरलाइन्स मार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई यदि कसैले अनधिकृत तवर बाट तोकिए भन्दा बढी रकम लिइ हवाई टिकट किनबेच गरेको प्रमाण फेला परेमा प्रचालित कानुन बमोजिम नेपाली राजदुतावास युएईले कानूनी कारबाही गर्ने जनाएको छ। नेपाल सरकारले चार्टर्ड उडानका लागि टिकट किनबेचका क्रम मा तोकिएको हवाइ भाडा दर नेपाल एयरलाइन्सको युएईबाट काठमाडौंको लागि अमेरिकी डलर ३६० अर्थात १३ सय २० दिराम ,हिमालय एयरलाइन्सको ३८५ अमेरिकी डलर अर्थात १४ सय २० दिराम र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोके बमोजिम हवाई भाडा निर्धारण गरेको जनाउदै तोकेको भाडा भन्दा बढी रकम असुल नगर्न नगराउन सम्बन्धित सबै लाई सुचित गरेको छ भने युएईबाट नेपाल फर्किनु पर्ने नेपाली नगारिकहरुले हवाइ टिकट खरिद अघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सहरुले आधिकारिक रुपमा तोकेको भाडा दर के कति छ राम्रोरी बुझी आधिकारिक बिक्रेता बाट मात्रै हवाई टिकट खरिद गर्न दूतावास युएईले अनुरोध गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...