त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।

जनजाती बिशेस

त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
जनवरी १९ युएई मनु कोंमे तमु :- ‘त्रिशुली समाज युएईले हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं भन्ने मुल नारा ‘ का साथ यहीँ २४ जनवरी २०२० शुक्रबार (जीवा ल्हो) मुसा वर्गको अवसरमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम युएईको अबुधावी स्थित मलयाली समाजम सभाहल मुसाफमा ( KM trading पछाडी ) भव्यरुपमा मनाउने भएको छ। उक्त कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गीत गायिका मन माया वाइबा म्हेन्दोमाया र एशियन स्टार,पप तथा सेलो गायक आशुसेन लामा युएई आउने भएको छ। कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गीत गायिका मन माया वाइबा र एशियन स्टार,पप तथा सेल गायक आशुसेन लामा को बिशेष सांगीतिक प्रस्तुति सहित स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने तामाङ भाषा, कला, संस्कार र संस्कृति झल्काउने मौलिक बाजा डम्फू नाच, सेलो नृत्य आदि रहने भएको छ। उक्त कार्यक्रमको उदघोषिक अञ्जुली लोप्चान रहेको छ भने कार्यक्रममा उपस्थितिको लागी आउन जानको लागि यातायातको व्यवस्था समेत गरेको छ।यातायात व्यवस्थापनमा दुबईको लागि सोम तामाङ - ०५५१८७९७५७, शंकर तामाङ - ०५६९३६०२७८, अबुधाबीको लागी सन्त परङ तामाङ - ०५०४२९६७९२,दीपक तामाङ - ०५५३९३६५८२,अलऐनको लागि रन्जु तामाङ - ०५६२१२८३७८,प्रमोद मोक्तान - ०५६४७८९४३९,सारजाह/अजमान सुनिल थोकार तामाङ - ०५६४०१७१४६ र कर्म तामाङ - ०५५२६४६५७९ रहेको छ। कार्यक्रम लाई भव्य र सभ्य पार्नको निमित्त त्रिशुली समाज युएईले युएईमा क्रीयशिल संघ संस्थाका प्रमुख,प्रतिनिधि,व्यवसायी,समाजसेवी,पत्रकार,बुद्धिजीवी महानुभाव,कलाकार,सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागी निमन्त्रणा समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...