ट्रीपरको ठक्करबाट महिलाको मृत्यु पछि आगजनी |

अपराध

ट्रीपरको ठक्करबाट महिलाको मृत्यु पछि आगजनी |
जुन १३ काठमाडौँ :-काठमाडौँको जडिबुटीमा बुधबार विहान ट्रिपरले स्कुटरलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । घटना लगत्तै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए ।यस्तै स्कुटर चलाक उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको पनि लामाले बताए ।दुर्घटनापछि पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...