ठगी गरेको आरोपमा आफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ।

अपराध

ठगी गरेको आरोपमा आफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ।
जुलाई १० काठमाडौँ :-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको जानकारी दिए । उनले थप विवरण संकलनको काम भइरहेको बताए ।विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेकाे बताइएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...