तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु।

अन्य

तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु।
अगस्ट १८ पोखरा :-पोखराको हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको सोमबार राति मृत्यु भएको पोखरा महानगरपालिका स्रोतले बतायो ।मृत्युपछि मंगलबार बिहान उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ । मृतक महिलाको घर तनहुँको व्यास नगरपालिका १ हो । उनको स्वाब भने पहिल्यै संकलन गरिएको थियो ।साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गए राति मृत्यु भएको हो । स्रोतका अनुसार उनकी २५ वर्षकी छोरीमा पनि कोरोना पोजेटिभ देखिएको छ । ‘उनीहरु काठमाडौं जान खोजेका रहेछन् । पिसिआर गराएर जाँदा राम्रो हुन्छ भनेपछि चेक गर्दा पोजेटिभ आयो । आमाको गए राति अस्पतालमा मृत्यु भएछ,’ स्रोतले भन्यो ।उनको आइतबार स्वाब संकलन गरिएको थियो । ती महिलामा मुटु र सुगरको समस्या रहेको स्रोतले जानकारी दियो । उनको शव नेपाली सेनाले पोखरा ३२ मजुवा नजिकै घाटमा व्यवस्थापन गर्नेछ ।योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ जना छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...