तमु (गुरुङ) समाज कतार द्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न ।

विदेश

तमु (गुरुङ) समाज कतार द्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न ।
फागुन १२ दोहा :-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फेब्रुअरी २२ तारिख शुक्रबारका दिन दोहा नज्माको अल नक्यान रेस्टुरेन्टको सभा हलमा एक समारोहका बीच तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम २०१९ सम्पन्न गरेको छ।तमु संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा कार्यक्रम आयोजना गरिएको हो। तमु (गुरुङ) समाजका अध्यक्ष श्री भाइकाजी गुरुङ ज्युको सभापतित्व रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद,मध्यपुर्व सह-संयोजक तथा तमु (गुरुङ) समाज कतारका आजीवन सदस्य श्री प्रवीण गुरुङ ज्यु प्रमुख अतिथि रहनुभएको थियो। प्रथम उपाध्यक्ष खुशीमान गुरुङ ज्युको स्वागत मन्तव्य लगत्तै प्रमुख अतिथिबाट दीप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको गरिएको थियो भने तृतीय उपाध्यक्ष टौमाया तमुस्योले कार्यक्रमको औचित्य र महत्त्व माथी संक्षिप्त चर्चा गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण चेलीबेटीहरुलाई पछ्यौरा (क्रमु)ले सम्मान गरिए लगत्तै संस्था प्रती विशेष योगदान गर्नुहुने व्यक्तित्वहरुमा लेखा समितिका संयोजक धन बहादुर गुरुङ ज्यु, सह-कोषाध्यक्ष केशरसिंह गुरुङ, फो ल्होसार तथा स्योकैं कार्यक्रमका संयोजकहरुमा सांस्कृतिक संयोजक मदन गुरुङ ज्यु, यातायात संयोजक कर्म गुरुङ ज्यु, तमु प्ये ताँ ल्हु ताँ अध्यक्ष निल गुरुङ आर्थिक सह-संयोजक मनप्रसाद गुरुङ ज्यु, नृत्य निर्देशक जनक थापा मगर ज्यु, प्रायोजक र सहयोग दाताहरु कन्ट्री म्यानेजर सिटी एक्सप्रेस कतार सुरेन्द्र लम्साल ज्यु, तमु सांस्कृतिक परिवारका सल्लाहकार कुमार गुरुङ ज्यु, धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल ज्यु, तमु समाज कतारका आजीवन सदस्य भेष गुरुङ ज्यु, तमु समाजका महिला सदस्य माया तमुस्यो, तमु समाजका मानार्थ सदस्य पदम थापा ज्यु, तमु प्ये ल्हु संघ कतारका निवर्तमान अध्यक्ष संग्राम गुरुङ लगायत विजयी खेलाडीहरु र कलाकारहरुलाई प्रशंसा पत्र र कदर पत्र द्वारा सम्मान गरिएको थियो। सम्मानकै क्रममा हरेक वर्ष जस्तै यस वर्ष महिला विभाग समितिले समाज प्रति विशेष योगदान दिनुहुने व्यक्तिलाई सम्मान गर्दै यसपटक समाजका सल्लाहकार तथा तमु बचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकाजी गुरुङ ज्युलाई सम्मान गरिएको थियो। त्यस्तै तमु समाजका महिला विभागका संयोजक डिलकुमारी गुरुङ र तमु प्ये ल्हु संघ साखा कतारका महिला संयोजक सारा गुरुङको नेतृत्वमा दुबै महिला विभाग समितिको तर्फबाट कार्यक्रमका सभापती, प्रमुख अतिथी र प्रमुख संरक्षकलाई क्रेगी (फेटा) ले सम्मान गर्नुभएको थियो भने साथसाथै सभापतिलाई चेलीहरुको कोसेली हस्तान्तरण गर्नुभएको थियो। शुभकामना मन्तव्यको क्रममा राजेश्वर ढकाल ज्यु, मिलन भुजेल ज्यु, विष्णुलाल श्रेष्ठ ज्यु, रबिन्द्र गुरुङ ज्यु, सुक बहादुर तामाङ ज्यु, शिव भुजेल ज्यु, रेखा राई ज्यु, माया के सी ज्यु, बिमल सुवेदी ज्युले तमु समाज कतारले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार र संस्कृति संरक्षण र सम्बर्द्धन गर्दै चेलीबेटीहरु तथा कलाकारहरुलाई गरिएको सम्मान कार्यक्रम निकै सर्‍हानिय र अनुसरणीय रहेको टिप्पणी गर्नुभयो र साथसाथै यस्ता कार्यक्रमले माइती र चेलीको सद्भाव र आत्मीयता सुमधुर राख्नुको साथसाथै आफ्नो मौलिकताको जगेर्ना गर्न टेवा पुग्ने भनाई व्यक्त गर्नुभयो।   कार्यक्रमका प्रमुख अतिथी प्रवीण गुरुङ ज्युले शुभकामना मन्तव्य राख्ने क्रममा तमु समाजले प्रदान गरेको प्रमुख आतिथ्यको अवसर प्रति गौर्वान्वित महसुस गर्दै तमु समाजले गर्दै आएका सामाजिक गतिविधिहरुको सम्मान स्वरुप तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अभियानमा तमु गरीब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा दिने पुण्य काममा तमु समाजले गर्दै आएको सहकार्यमा आफ्नो तर्फबाट (ने। रु।१,२५०००।) बराबरको थप अक्षय कोष थप्ने प्रतिबद्धता घोषणा गर्नुभयो। तमु (गुरुङ) समाज कतारका प्रमुख संरक्षक बिल बहादुर गुरुङ ज्यु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य बिमल सुवेदी ज्यु, तमु समाजका संरक्षक बुधबल गुरुङ ज्यु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल ज्यु, तमु समाज कतारका निर्देशक सल्लाहकार रस (शिव) गुरुङ ज्यु, तमु समाज कतारका महिला संयोजक डिल कुमारी गुरुङ ज्यु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरु सुक बहादुर तामाङ ज्यु, शंखलाल तामाङ ज्यु, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्मेखाम लिम्बू ज्यु, किरात राई यायोख्खा कतारका अध्यक्ष एकराज राई ज्यु, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ लामा ज्यु, थारु कल्याणकारिणी द्वितीय उपाध्यक्ष हरि बहादुर महतो ज्यु, नेपाल प्रवासी सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयल सुनुवार ज्यु, नेपाल प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष मिलन भुजेल ज्यु, नेवा पुच: कतारका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठ ज्यु, शेर्पा किदुङ सेवा समाज कतारका उपाध्यक्ष तेन्जिङ शेर्पा ज्यु, धानुक सेवा समाज कतारका अध्यक्ष रामकुमार मण्डल ज्यु, तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष रबिन्द्र गुरुङ ज्यु, लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ ज्यु, गोर्खा सेवा समाज कतारका अध्यक्ष राजेश्वर ढकाल ज्यु, विशेष सहयोगी लक्ष्मण थापा ज्यु, मितेरी समाज कतारका संस्थापक प्रेम रिजाल ज्यु, आर्थर डाँडाखर्क समाज कतारका अध्यक्ष लेखनाथ रिजाल ज्यु, नेपाली कला केन्द्र कतारका अध्यक्ष जनक थापा मगर ज्यु, समाजसेवी तथा व्यवसायी माया के सी ज्यु, समाजसेवी तथा महिला समाज कतारका महासचिव अम्बिका खत्री ज्यु, महिला समाज कतारका पुर्वाध्यक्ष रेखा राई ज्यु, समाजसेवी तथा बुद्धिजीवी मोहम्मद अजिज अलि ज्यु, दाङ देउखुरी समाज कतारका अध्यक्ष हेमराज बस्नेत ज्यु, प्रदेश नं ५ का उपाध्यक्ष ठाकुर परियार, अर्घाखाँची सेवा समाजका उपाध्यक्ष केदार भुसाल ज्युको विशेष आतिथ्य रहेको थियो। साथै ४ जनवरी २०१९ मा सम्पन्न फो ल्होसार तथा स्योकैं कार्यक्रम २०१९ का प्रायोजक तथा सहयोगदाताहरु कन्ट्री म्यानेजर सिटी एक्सप्रेस कतार सुरेन्द्र लम्साल ज्यु, तमु सांस्कृतिक परिवारका सल्लाहकार कुमार गुरुङ ज्यु, धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल ज्यु, तमु समाज कतारका आजीवन सदस्य भेष गुरुङ ज्यु, तमु समाजका महिला सदस्य माया तमुस्यो, तमु समाजका मानार्थ सदस्य पदम थापा ज्यु, तमु प्ये ल्हु संघ कतारका निवर्तमान अध्यक्ष संग्राम गुरुङ ज्युको विशेष आतिथ्य सँगै तमु समाजका उपाध्यक्ष ज्युहरु , सल्लाहकार ज्यु हरु, शाखा समितिका प्रमुख ज्युहरु, खी ल्हो तमु राजा, मातृसंस्थाका महिला संयोजक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा तमु समाज कतारका केन्द्रीय तथा शाखा समितिका पदाधिकारी ज्युहरु, चेलीबेटीहरु, नयाँ सदस्य तथा शुभचिन्तकहरुको उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेको थियो। समाजका महासचिव तेज गुरुङले औपचारिक कार्यक्रम र सचिव ज्ञानु गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा तमु सांस्कृतिक परिवारका कलाकारहरू द्वारा प्रस्तुत विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु सँगै नेपाली स्वादको परिकारहरुको सामुहिक भोज निकै हर्षोल्ल्लास वातावरणमा सम्पन्न भएको थियो। अन्त्यमा महिला संयोजक डिलकुमारी गुरुङ ज्युले परदेशमा रहेर पनि जन्मभुमि र माइतीको झल्को मेटाउने यो सद्भाव सम्मान र मिष्ठान्न भोजनको निम्ति सम्पूर्ण महिला विभागको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो भने समाजका अध्यक्ष तथा कार्यक्रमका सभापती भाइकाजी गुरुङ ज्युले समाजको निमन्त्रणालाई हार्दिकता साथ स्विकार्दै कार्यक्रमको शोभा बढाउन उपस्थित सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...