तमु समाज युएईले जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यताका साथ मनाउदै।

मूलबासि /भूमिपुत्र

तमु समाज युएईले  जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यताका साथ मनाउदै।
नोभेम्बर २२ मनु कोंमे तमु यु ए ई :- तमुहरु (गुरुङ) को मौलिक आफ्नो भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परा र पहिचान लाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन र बिकासको मुख्य उद्देश्यका साथ प्रवास युएईमा स्थापित तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी २०२० जनवरी १० तारिख शुक्रबार अबुधाबी मलयलम समाजम क्लब मुसाफा (K.M.Treading पछाडी ),अबुधाबी युएईमा भव्यताका साथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ। उक्त तमु च्यु ल्होसार (मुसा वर्ग) बिशेष सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपालका बहुचर्चित ख्यातिप्राप्त गण्डकी तारा - २०६५ , गुरुङ चलचित्रका नायक,निर्देशक तथा सुमधुर स्वरका धनी लोकप्रिय गायक मनोज गुरुङ र चर्चित सो बुगि उगिका बिजेता (Boigie woogie winner ) तथा नृत्यकार कविता नेपाली युएई आउने निश्चित भएको छ। कार्यक्रममा आमन्त्रित अतिथि कलाकार गायक मनोज गुरुङको बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने बुगि उगिका बिजेता नृत्यकार कविता नेपालीको जोडदार धमाका सहित स्थानिय प्रबासी चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ। उक्त तमु च्यु ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम ऐतिहासिक रुपमा भव्य र सभ्य ढङ्गले सु-सम्पन्न र सफल बनाउनको लागी प्रवास युएईमा स्थापित सम्पूर्ण प्रवासी संघ संस्थाका प्रमुख, प्रतिनिधि,व्यवसायी,समाजसेवी,पत्रकार,बुद्धिजीवी माहनुभाव, शुभचिन्तक, प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु च्यु ल्होसार (मृग वर्ग) बिशेष सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थिति र सहभागिताको लागि तमु समाज युएईले हार्दिक आमन्त्रण एवं अनुरोध गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...