तमु समाज ओमानले ख्यातिप्राप्त गायिका मेलिना राईको साथ तमु च्यु ल्होसार मनाउने।

विदेश

तमु समाज ओमानले ख्यातिप्राप्त गायिका मेलिना राईको साथ तमु च्यु ल्होसार मनाउने।
अक्टुबर २६ मस्कट :- ओमानमा तमु समुदायको मौलिक भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता दिने मुख्य उद्देश्यका साथ स्थापित तमु समाज ओमानले तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी ०३ जनवरी २०२० शुक्रबारको दिन अल मासा हल रुवि मस्कट ओमानमा भव्यता साथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ। उक्त तमु च्यु ल्होसार (मुसा वर्ग) - २०७६ बृहत सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा नेपालका बहुचर्चित ख्यातिप्राप्त सुमधुर स्वरका धनी लोकप्रिय गायिका मेलिना राई र गायक आशाराम गुरुङ ओमान आउने निश्चित भएको छ।कार्यक्रममा अतिथि कलाकार गायिका मेलिना राई र गायक आशाराम गुरुङको बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने स्थानिय प्रबासी चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ। तमु समाज ओमानका प्रथम उपाध्यक्ष एवं बृहत तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम - २०७६ का संयोजक गौकाशी गुरुङले सम्पुर्ण ओमानमा स्थापित संघ संस्था,प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु च्यु ल्होसार (मृग वर्ग) सांस्कृतिक कार्यक्रमलाई एेतिहासिक रुपमा भब्य र सभ्य ढंगले सु-सम्पन्न सफल पार्न गरिमामय उपस्थिति र सहभागिताको लागि हार्दिक आमन्त्रण समेत गरेकी छिन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...