तमु प्ये ल्हु संघमा ल्होसार शुरु |

जनजाती बिशेस

तमु प्ये ल्हु संघमा ल्होसार शुरु |
डिसेम्बर २८ लोकेन तमु फिष्टेल न्युज सम्बत्दाता पोखरा :-तमु जातिको राष्ट्रिय महान चाड तोला ल्होसार पुस १५ च्याह ल्हो ( चरा बर्ग ) को बिदाइ र खि ल्हो ( कुकुर बर्ग ) को स्वागतको अवसरमा तमु प्ये ल्हु संघ केन्द्रिय फ- लि- ना कोहिवो शक्ति घाट पोखरामा बिहीबार देखि ल्होसार कार्यक्रम सुरु भएको छ ।

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आज भएको छेलो प्रतियोगितामा पैयुखोला तमु समाज पोखराका क्या. प्रेमप्रसाद तमु प्रथम र भुजुङ तमु समाज लमजुङ ,पोखराका हर्कबहादुर तमु दोस्रो भएकाछन । आजै सम्पन्न रस्सा- कस्सा प्रतियोगितामा पैयुखोला तमु समाज पोखरा प्रथम र कोहोला दिप तमु समाज पोखरा दोस्रो भएकाछन ।

xelo

१४ गते बिहान युवा समितिकै आयोजनामा रक्तदान ,म्युजिकल चियर र चित्रकला प्रतियोगिता हुदैछ भने तमु प्ये ल्हु संघ कास्कीको आयोजनामा अन्तर समाज सामुहिक नृत्य प्रतियोगिता र शुभकामना आदन- प्रदान कार्यक्रम हुन गइरहेको युवा समितिका केन्द्रिय अध्यक्ष सुक्रराज सरब्ज तमुले जानकारी गराउनु भएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...