तमु प्ये ल्हु संघ तनहुँमा जसबहादुर तमु सर्बसम्मत चयन |

अन्य

तमु प्ये ल्हु संघ तनहुँमा जसबहादुर तमु सर्बसम्मत चयन |
मंसीर २९ सम्बत्दाता पोखरा:-तमु प्ये ल्हु संघ तनहुँ शाखाको शुक्रबार दमौलीको तमुसार क्होइबो धिमा सम्पन्न तनहुँवासी तमु समुदायको जिल्ला अधिबेशनले जसबहादुर तमुलाइ जिल्ला अध्यक्षमा चयन गरेको हो ।अधिबेशनबाट उपाध्यक्षमा तुलबिर तमु,सचिव शरण टु क्ल्हेप्री तमु ,सह- सचीव टेकबहादुर तमु,कोषाध्यक्ष अर्जुन तमु,रहनुभएकोछ भने सदस्यहरुमा किसनधोज तमु,मिलन तमु,पन्चबहादुर तमु,बिष्णु तमु चयन हुनुभएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको प्रमुख आतिथ्यता,जिल्ला अध्यक्ष जयबहादुर तमुको अध्यक्षता र सचिव प्रताप टु तमुको संचालनमा समुदघाटन कार्यक्रम सम्पन्न भएको थियो । संयोजक रकबहादुर तमु, सदस्यहरु खेमराज तमु,गङ्गादेबी तमु गरि तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमिति गठन गरेको तमु प्ये ल्हु संघ केन्द्रिय सदस्य सु. धनबहादुर तमुले जानकारी गराउनु भएको छ । तमु ह्युल छोज धि केन्द्रिय सदस्य रकबहादुर तमु,तनहुँ जिल्ला अध्यक्ष खेमराज तमु,प्रदेश नम्बर ४ को सचिव कुमार तमु,तमु प्ये ल्हु संघका केन्द्रिय सदस्य यमर तमु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । तनहुँ शाखाको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदनमाथी छलफल गरि पारित समेत गरेको स्रोतले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...