तमु (गुरुङ ) समाज कतारले तमु च्यु ल्होसार २७ डिसेम्बर २०१९ मा मनाउदै।

विदेश

तमु (गुरुङ ) समाज कतारले तमु च्यु ल्होसार २७ डिसेम्बर २०१९ मा मनाउदै।
नोबेम्बर ६ दोहा :-विगतका वर्षहरुमा झैं तमुहरुको मौलिक आफ्नो भेषभुषा ,भाषा , संस्कार,संस्कृति र पहिचान लाई संरक्षण,सम्बर्द्धन गर्ने उद्देश्यका साथ प्रवास कतारमा स्थापित तमु (गुरुङ ) समाज कतारले तमुहरुको महान पर्व ल्होसारको अवसरमा आयोजना गर्न गइरहेको यसपटकको " तमु च्यु ल्होसार तथा स्योंकै कार्यक्रम - २०१९ " भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट ख्यातिप्राप्त अतिथि कलाकारहरु सालैजो,कौडा चुड्का ,लोक तथा दोहोरी गीत गायक पृथ्वी गुरुङ, लोक तथा दोहोरी गीत गायिका सुनिला गुरुङ र चलचित्रकी नायिका तथा मोडेल इन्दु गुरुङ कतार आउने भएको छ। उक्त तमु च्यु ल्होसार तथा स्योंकै कार्यक्रम - २०१९ मा नेपाल बाट आमन्त्रित ख्यातिप्राप्त अतिथि कलाकार लोक दोहोरी तथा कौडा चुडका गीत गायक पृथ्वी गुरुङ र लोक तथा दोहोरी गीत गायिका सुनिला गुरुङको बिशेष सांगीतिक प्रस्तुती धमाकाको साथ मोडेल तथा गुरुङ चलचित्रका नायिका इन्दु गुरुङको बेजोड प्रस्तुति रहने भएको छ भने प्रवास कतारमा रहेका चर्चित स्थानीय कलाकारहरु र तमु सांस्कृतिक परिवार दोहा कतारको गुरुङहरु (तमु) को संस्कार संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित आगामी २०१९ डिसेम्बर २७ तारिख शुक्रबार अम्वाज क्याटरिङ मिसाइद कतारमा धुमधामका साथ तमु च्यु ल्होसार मनाउने भएको छ । कार्यक्रममा उपस्थितिको लागी तमु (गुरुङ ) समाज कतारले सम्पुर्ण कतारमा स्थापित संघ , संस्था , व्यवसायी , समाजसेवी , बुद्धिजीवी,दाजुभाइ तथा दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागी निमन्त्रणा समेत गरेको तमु (गुरुङ ) समाज कतारका महासचिव तेज गुरुङले जानकारी गराएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...