तारा एयरको बिमान दुर्घटना,यात्रु तथा चालक दलका सबै सकुशल |

अन्य

तारा एयरको बिमान दुर्घटना,यात्रु तथा चालक दलका सबै सकुशल |
जुन ९ काठमाडौँ :-नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ ।जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा ९ एन एइभी कलसाइन भएको ट्वीनअटृर विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिम दक्षीणको तारको जालीमा ठोक्किएको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख कैलाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन चालक जेके निरौला, सहचालक हिक्मत रोकाया, एयर होस्टेस प्रतिमा राणा तथा यात्रुहरुमा दुई बच्चा सहित १८ जना सकुशल रहेका छन् । अन्य मानवीय तथा भौतिक क्षति नभएको नागरिक उड्डयन कार्यालय, जुम्लाले जनाएको छ । विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ । तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...