स्थानीय निर्बाचनको लागि प्रदेश नम्बर २ मा अशोज २ गते सार्बजनिक बिदा ,५ दिन बिद्यालय बन्द हुने।

अन्य

सेप्टेम्बर १२ काठमाडौँ :-स्थानीय निर्बाचन अन्तर्गत तेस्रो चरणमा हुन लागेको स्थानीय निर्बाचनको लागि सरकारले प्रदेश नम्बर दुईमा असोज २ गतेको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ ।अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा सार्वजनिक विदा दिन यसअघि निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...