सिरियामा बम विस्फोट हुँदा बालबालिका सहित ४० जनाको मृत्यु ।

विदेश

सिरियामा बम विस्फोट हुँदा बालबालिका सहित ४० जनाको मृत्यु ।
एप्रिल २९ सिरिया :- सिरियामा बम विस्फोट हुँदा ११ बालबालिकासहित ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको छ ।सिरियाको उत्तरी शहर अफ्रिनमा मङ्गलबार भएको विस्फोटमा कम्तिमा ४0 जनाको मृत्यु भएको टर्कीको सुरक्षा मन्त्रालयले जनाएको हो । विस्फोटनमा अन्य ५० भन्दा बढी घाइते भएको जनाइएको छ । रमदानको व्रतका लागि तयारी गरिरहेका मानिसको भीडभाडबीच विस्फोट भएको थियो । घटनाको पछाडी सिरियाको कुर्द वाइपिजी मिलिसियाको संलग्नता रहेको टर्कीको सुरक्षा मन्त्रालयले आरोप लगाएको छ । सिरियामा टर्कीको साथ पाएको समूह र कुर्दिस लडाकुबीच लामो समय देखि द्वन्द जारी छ । घटनाको अमेरिकाले कडा निन्दा गर्दै कोरोना महामारीबीच युद्धविरामको प्रस्ताव दोहोर्याएको छ । मङ्गलबार भएको विस्फोट उक्त क्षेत्रमा अहिलेसम्म भएको हमला मध्येकै विध्वंसकारी रहेको थियो । कुर्दिस अफ्रिन शहरलाई सन् २०१८ मा टर्कीको सेना र सिरियाका विद्रोही समुहले कुर्दको हातबाट कब्जामा लिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...