सर्जक बिष्णुकुमार गिरीको ”माया मारी गयौ “बजारमा ।

सिनेमा/मनोरन्जन

सर्जक बिष्णुकुमार गिरीको ”माया मारी गयौ “बजारमा ।
अगस्ट २ शुन्य सुमन / पोखरा :-''सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!''सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन । बैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापानमा गएर नेपाली तथा एशियन स्वादको खानाको परिकार पस्किने रेस्टुरेन्ट ब्यवसाय गरिरहेका गिरीको यो पहिलो गीत हो ।मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा ”यो देशमा म एउटा मानिस खोजी रहेछु “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।संगीतकार बिबी आनुरागिले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेर न्याय गरेको र अवस्य पनि श्रोताको मन जित्ने दाबी गरे । यो गीत सुत्र टिभि (Sutra tv )युट्युब च्यानल बाट हेर्न सकिनेछ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...