राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले पशुपति शर्मालाई जस्ताको तस्तै राख्न आग्रह ।

अन्य

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले पशुपति शर्मालाई जस्ताको तस्तै राख्न आग्रह ।
फागुन ६ काठमाडौँ :- राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले हाल चर्चा र विवादित पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकले शर्मालाई गीत पुन: यूट्युबमा राख्न आग्रह गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष शर्मा समेत उपस्थित बैंठकमा गीतको समिक्षा गर्दै गीत हटाउनुपरेको कारणबारे छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक शर्मालाई आग्रह गरिएको छ । बिज्ञप्तीमा भनिएको छ , ‘सर्जकद्धारा सिर्जना गरिएको कला संस्कृति, गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक स्रोताको अधिकार पनि भएकाले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन : अपलोड गर्नुहुन अनुरोध गर्दछ ।’ उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए त्यसैले आत्तिएर हटाएँ ।’

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...