प्रहरीले सुन तस्करीका आरोपमा व्यापार सङ्घका अध्यक्ष तामाङलाई पक्राउ |

अन्य

प्रहरीले सुन तस्करीका आरोपमा व्यापार सङ्घका अध्यक्ष तामाङलाई पक्राउ |

अक्टुबर १६ काठमाडौँ :- नेपाल प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज राजधानीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवस लोहनीले ८८ किलो सुन तस्करीमा तामाङको पनि संलग्नता देखिएकाले उनलाई अनुसंन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले गणेशदत्त बडु, सत्यनारायण अग्रवाल, शुभरत्न शाक्य, उल्लास दिनकर सालुखे र नन्दकुमार मगरलाई पक्राउ गरिसकेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...