प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल नेकपा एमालेमा प्रवेश ।

अन्य

प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल नेकपा एमालेमा प्रवेश ।

अक्टुबर ६ काठमाडौँ :- प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन । उनलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

राजधानीको बुद्धनगरको एक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवाल एमालेमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा सिलवालले भने, ‘देशलाई समृद्ध बनाउन सक्ने र त्यसका लागि आवश्यक विचार एमालेसँग मात्रै छ । त्यसैले एमालेमा प्रवेश गरे ।

सिलवालले आइजीको दाबेदार भएपनि सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले सिलवालको रिट खारेज गरेको गरेको थियो । त्यो सँगै सिलवालले विज्ञप्ती निकालेर राजीनामा दिने घोषणा गरेका थिए । तर उनको राजीनाम अहिलेसम्म स्वीकृत भएको छैन |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...