प्रदेशले संघीय सरकारलाई उछिने दुर्घटना हुन सक्छ ,प्रचण्ड |

राजनीति

कात्तिक ६ जनकपुरधाम:-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन् ।दसैं तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा मंगलबार यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, ‘प्रदेश सरकारले संघीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्न नहुने बताए ।कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उनले काठमाडौंबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताए । अध्यक्ष प्रचण्डले काठमाडौंको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुन सक्ने बताए । उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उनले भने, ‘प्रदेश नं २ को सुनको टुक्रा झैं मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।     एवेरेस्ट डेल्ली

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...