प्रदेश नम्बर २ मा धेरै स्थानमा तार जालीमा मतगणना हुँदै ।

अन्य

प्रदेश नम्बर २ मा धेरै स्थानमा तार जालीमा मतगणना हुँदै ।

सेप्टेम्बर १९ बिरगंज :-प्रदेश नं. २ मा मतपेटिकाको सुरक्षा तथा मतगणनामा बाधा नपुगोस् भनेर वीरगञ्ज महानगरपालिकासहित धेरै मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले बताएका छन्।स्थानीय तहको चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना क्रममा मतपत्र च्यातिएपछि अअले सुरक्षा सजगता अपनाइएको छ।

पर्साका निर्वाचन अधिकारी होमनाथ पराजुलीले भने, "भरतपुर प्रकरणले पाठ सिकाएकाले वीरगञ्ज महानगरपालिकाको मतगणनास्थलमा तारजालीको व्यवस्था गरिएको छ।"हाललाई संवेदनशील देखिएका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको भए पनि आवश्यक परेको खण्डमा सबैमा तारजाली लगाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले रौतहटमा पनि अधिकांश मतगणना स्थलमा तारजाली लगाइएको बताए।निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई सुरक्षाका सम्पूर्ण उपाय अपनाउन भनेकाले मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।उनले भने, "'हामीले सुरक्षाका आवश्यक सबै उपाय अपनाउन भनेका छौँ।"सोमवार सम्पन्न मतदानमा सहभागी मतदाताहरुको 'अमूल्य' मतको सुरक्षाका लागि भन्दै तारजाली लगाउने लगायत उपाय अपनाइएको आयोगले जनाएको छ।

साभार :-बिबिसी


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...