पोखरामा उपचारको क्रममा भारतबाट क्वारेन्टिन बसेर घर फर्किएका एक जनाको मृत्यु।

स्वास्थ्य

पोखरामा उपचारको क्रममा भारतबाट क्वारेन्टिन बसेर घर फर्किएका एक जनाको मृत्यु।
जुन १ पोखरा :-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा १ व्यक्तिको मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय खड्कबहादुर कार्कीको उपचारको क्रममा अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो । उनी भारतबाट आई क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका थिए । शुक्रबार मात्र उनको स्वाब परीक्षणमा कोरोना भाइरस परीक्षणमा नेगेटिभ देखिएको पश्चिमाञ्चल अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । आइतबार साँझ उनको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुनः संकलन गरिएको उनले बताए । ‘शुक्रबारको रिपोर्टमा नेगेटिभ आइसकेको थियो । फेरिपनि हामीले कोरोना परीक्षणका लागि स्वाब लिएका छौं,’ उनले भने ।घर गएर नियमित काममा फर्किसकेपछि स्वास्थ्यमा केही समस्या देखिँदा उपचारका लागि पोखरा ल्याइएको थियो । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...