पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा ६ जना थप नया कोरोना संक्रमित पुष्टि।

स्वास्थ्य

पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा ६ जना थप नया कोरोना संक्रमित पुष्टि।
अगस्ट १२ पोखरा :-पोखरामा ३ जनामा थप कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बेलुका पोखरा–२७ का २ पुरुष र एक महिलामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार ३२ र ४४ वर्षीय दुई पुरुष तथा ३१ वर्षीय एक महिलामा कोरोना देखिएको हो । यसै गरी तनहुँ जिल्लाको भिमाद – ६ का ३९ वर्षीय पुरुष र नवलपुर कावासोती १७ का ४१ वर्षीय पुरुष र वडा नखुलेका २७ वर्षीय पुरुषमा बुधबार बेलुका कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५६ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...