पोखरामा २ सहित ,गण्डकी प्रदेशमा ४ जना नया कोरोना संक्रमित पुष्टि।

स्वास्थ्य

पोखरामा २ सहित ,गण्डकी प्रदेशमा ४ जना नया कोरोना संक्रमित पुष्टि।
अगस्ट ७ पोखरा :-पोखरा महानगरका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगर वडा नम्बर २ र ८ का २ पुरुषसहित गण्डकी प्रदेशका ३ जिल्लामा थप ४ कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो । निर्देशनालयका अनुसार कास्कीका २ पुरुष सहित नवलपुर र स्याङ्जाका १-१ पुरुषमा कोरोना देखिएको हो ।संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ ।यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३८३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...