पोखरामा मोटर साइकल सहित एकजना नालीमा बग्यो ।

अन्य

 अक्टुबर २२ पोखरा :- शनिबार राति परेको मुसलधारे वर्षापछि नालीमा आएको भेलमा परेर पोखरामा एक जना बेपत्ता भएका छन् । पोखराको लामाचौरमा मोटरसाइकल सहित नालीमा खसेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ का पिजन पुन बेपत्ता भएका हुन् ।शनिवार रातीदेखि बेपत्ता उनलाई आइतबार दिनभर खोजी गर्दा पनि भेट्टाउन नसकिएको प्रहरीले जनाएको छ । पुन चढेको मोटरसाइकल भने नालीबाट निकालिएको छ । लामाचौरबाट बगरतर्फ आउने क्रममा इञ्जिनिरिङ अध्ययन संस्थान लामाचौर नजिक सडकबाट बाइक नालिमा पल्टिएको थियो ।

उनीसँगै मोटरसाइकलमा सवार दीपक पुर्जा सामान्य घाइते भएका छन् । बाइकबाट लडेका पुन बाइकसँगै नालीमा खसेका थिए भने पूर्जा उछिट्टएिर बाटोमा बजारिएका थिए । मोटरसाइकल करीब २५० मिटर तल उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिक फेला परेको प्रहरीले जनाएको छ । आइतवार दिनभर नालीमा खोजी गर्दा नभेटिएपछि सोमवार सेती नदिमा खोजी गरिने वडा प्रहरी कार्यालय बगरमा प्रहरी निरिक्षक किसोर लम्सालले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...