पोखरामा माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण ।

अन्य

पोखरामा माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण ।
जुलाई ९ सम्राट गुरुङ / पोखरा :-जिल्ला वन कार्यलय कास्कीको अार्थिक सहयोग, माछापुच्छ्रे महिला क्लबको समन्वय र माछापुच्छ्रे टोल विकास संस्थाको सहकार्यमा पोखरा महानगरपालिका वडा न ७ मा अवस्थित माछापुच्छ्रे टोललाई वातावरणमैत्री टोल निर्माण गर्ने सामुहिक प्रयास सहित टोलका सम्पूर्ण घरधुरीलाई वातावरणमैत्री झोला र डस्टविन वितरण गरेको छ। स्थापनाको छोटो समयमै अनुकरणीय कार्यका माछापुच्छ्रे महिला क्लबको प्रमुख पहल र डिभिजन वन कार्यलयको अार्थिक सहयोगमा सो कार्यक्रम संचालन गरेको हो। पोखरा महानगरपालिका वडा न ७ का वडाका अध्यक्ष राम चन्द्र बरालको प्रमुख अातित्थमा र महिला क्लबका अध्यक्ष गीता पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी कार्यक्रमका अतिथिहरुमा डिभिजन वन कार्यलय कास्कीका डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठ,सहरी योजना अायोगका अध्यक्ष सरोज कोईराला, पोखरा बृहत सरसफाइ अभियानका संयोजक राम बहादुर पौडेल, नागरिक समाजका अध्यक्ष विष्णुहरि अधिकारी, वडा सदस्य किशोर बराल र दिनवन्धु पौडेल, माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष अमृत बराल, सचिव हिमलाल श्रेष्ठ र ड्यामसाईड टोल विकास संस्थाका अध्यक्ष शिवमाया श्रेष्ठको उपस्थिती रहेको थियो। डिभिजन वन कार्यलयका वन अधिकृत द्वारा डस्टविन र झोला माछापुच्छ्रे महिला क्लबका अध्यक्ष गीता पौडेललाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने महिला क्लब र टोल विकास संस्थाले नियमित अनुगमन गर्ने जानकारी टोलबासीहरुलाई गरिएको थियो। माछापुच्छ्रे टोल विकास संस्थामा अवस्थित १३९ घरधुरीमा प्रत्येकलाई एक वातावरणमैत्री झोला र दुई डस्टविन वितरण गरिएको छ। मुख्य समन्वयकर्ता महिला क्लबले हरेक महिनाको पहिलो शनिबार बिक्री गर्न मिले फोहोरहरु बेचिरहेको छ भने बालबालिकालाई नैतिक शिक्षा दिने काम र नियमित सरसफाइको काममा अघि बढिरहेको छ। उक्त वितरण कार्यक्रमले वातावरणमैत्री टोल निर्माण गर्न र नमुना टोल बनाउन ठुलो टेवा पुर्‍याउने अाशा लिईएको छ भने कार्यक्रमको संचालन महिला क्लबका सचिव संगिता शर्माले गरेकी थिइन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...