पोखरा फेवातालमा एक युवती मृत फेला |

अपराध

पोखरा फेवातालमा एक युवती  मृत फेला |
भदौं ११ पोखरा :-प्रदेश नम्बर ४ पोखराको लामाचौरमा स्कुले छात्रा पुजा केसीको शंकास्पद मृत्युको २ दिन नवित्दै पोखरामा पुन अर्को दुखद घटना घटेको छ ।पुम्दीभुम्दी स्थित कोदी घर भई छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी छन् । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ । उनको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । त्यसकै आधारमा प्रहरीले फेवातालमा खोजी कार्य गरेको थियो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...