पिङ्ग खेल्ने क्रममा घाँटीमा डोरी बेरिएरा एक बालिकाको मृत्यु ।

अन्य

पिङ्ग खेल्ने क्रममा घाँटीमा डोरी बेरिएरा एक बालिकाको मृत्यु ।
अक्टुबर ९ म्याग्दी :- म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँ’टीमा बेरिएर मृ’त्यु भएको हो ।अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँ’टीमा बेरिँदा ज्यान गएपछि श’व परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो। अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । प्रहरी चौकी बाबियाचौरबाट गएको प्रहरीको टोलीले घ’टनास्थलको सनुसन्धानसमेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...