पेप्सीकोलाको सन सिटी अपार्टमेन्टमा यु केबाट फर्किएका २ जना कोरोना संक्रमित देखियो ।

स्वास्थ्य

पेप्सीकोलाको सन सिटी अपार्टमेन्टमा यु केबाट फर्किएका २ जना कोरोना संक्रमित देखियो ।
अप्रिल १४ काठमाडौँ :-काडमाडाैं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।र्‍यापिड डाइगोस्नोटिक टेस्ट (आरडिटी) गर्दा ३ जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। साेमबारै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल र प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतले जानकारी दिएका छन्।अस्पतालमा भर्ना भएका आमा र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।उनीहरु मार्च १८ तारिख लन्डनबाट फर्किएका थिए ।सनसिटी अपार्टमेन्टका ५०० परिवारले सो अपार्टमेन्ट छोड्ने तयारी गरेको छ ।सो अपार्टमेन्ट हिजो बेलुका देखि शिल गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...