पर्यटकीय शहर पोखरामा अंग्रेजी नया बर्षको भब्य स्वागत |

अन्य

पर्यटकीय शहर पोखरामा अंग्रेजी नया बर्षको भब्य स्वागत |

जनवरी ०१ पोखरा :- अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ ।पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

नयाँ बर्षको अबसरमा पोखराको लेकसाइडमा आयोजित सडक महोत्सबमा जनसागर उर्लियो । सडक महोत्सब अन्तर्गत मध्यरात १२ बजे नयाँ बर्षको स्वागत गरिएको थियो । नेपाल सहित संसारका सबै देशमा भब्य रुपमा नयाँ बर्षको स्वागत गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...