पर्वत पहिरोमा परि हराई रहेका जेनिश विकको लाश ५ दिनमा भेटियो।

अन्य

पर्वत पहिरोमा परि हराई रहेका जेनिश विकको लाश ५ दिनमा भेटियो।
जुन १७ पर्वत:- पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराईरहेका एक जना बालकको शब पाँच दिन पछि भेटिएको छ ।पहिरोमा हराएका १४ बर्षिय जेनिश बिकको शब बुधबार बिहान फेला परेको हो ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाईमा शब खोजी गर्दा घर भन्दा तल शब भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिनुभयो ।बेपत्ता भएका बालकको खोजीका लागि चार दिन सम्म सुरक्षाकर्मी र स्थानियबासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर मंगलबार दिनभर समेत खोजी गरिएको थियो । पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ४ जना र कमला बिकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थलमा सोमबार सामुहिक अन्तेष्टि गरिएको थियो भने तुलबहादुरकी छोरी र नातिको जैमिनीघाटमा दाहंसंस्कार गरिएको छ ।दुर्लुङमा शनिबार राती गएको पहिरोमा परेर ६२ बर्षिय तुलबहादुर थापा , उहाँकी श्रीमती ६० बर्षिया मिनाकुमारी थापा, छोरी ३४ बर्षिया दिर्पा थापा, नातिनी ११ बर्षिया विविसा थापा, नातिहरु १५ बर्षिय सम्राट थापा र १७ बर्षिय बिवेक थापाको मृत्यु भएको थियो ।यसैगरी पहिरोमा परेर २६ बर्षिया कमला विकका छ ८ बर्षिया छोरी प्रमिशा विक र १४ बर्षिय छोरा जेनिश विकको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...